दुई महिनाको तथ्याङ्कमा आधारित देशको आर्थिक स्थिति सार्वजनिक (पूर्णपाठसहित)
काठमाडौँ । नेपाल राष्ट्र बैंकले ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सार्वजनिक गरेको छ । बैंकले चालु आर्थिक वर्षको दुई महिनाको तथ्याङ्कमा आधारमा आर्थिक स्थितिसहितको प्रतिवेदन सार्वजनिक गरेको हो ।
जसअनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ३.८५ प्रतिशत रहेको बैंकले जनाएको छ । यस्तै आयात १.१ प्रतिशतले बढेको छ भने निर्यात ५.१ प्रतिशतले घटेको छ । यसैगरी विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १५.२ प्रतिशतले बढ्दा शोधनान्तर स्थिति रु.१०१ अर्ब ७७ करोडले बचतमा रहेको बैंकले जनाएको छ ।
यसैगरी कुल विदेशी विनिमय सञ्चिति रु.२१५२ अर्ब ५३ करोड र अमेरिकी डलरमा १६ अर्ब ४ करोड रहेको छ भने नेपाल सरकारको खर्च रु.१३७ अर्ब ५५ करोड र राजस्व परिचालन रु.१६६ अर्ब ३९ करोड रहेको रिपोर्टमा उल्लेख छ ।
यसैगरी बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ०.५ प्रतिशतले बढ्दा निजी क्षेत्रमा प्रवाहित कर्जा १.४ प्रतिशतले बढेको बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : बीआरआईलाई लिएर अमेरिकी कुटनीतिज्ञको दौडधूपदेखि रविलाई विपक्षी पार्टीहरुको साथसम्म
-
मोहम्मद अल–बशीर सिरियाको अन्तरिम प्रधानमन्त्री नियुक्त
-
१० बजे, १० समाचार : बीआरआईमा अमेरिकी चासोदेखि एनपीएलको रोमाञ्चसम्म
-
परराष्ट्रमन्त्री देउवा र लक्जमबर्गका विदेशमन्त्रीबिच भेटवार्ता
-
आस्थाका आधारमा पक्राउ परेका बन्दीलाई रिहा गर्न बारको माग
-
गण्डकीमा भौतिक पूर्वाधारमा १० वित्तीय र १३ प्रतिशत भौतिक प्रगति