लोसपाको पार्टी कार्यालय खाली गर्न ताकेता
काठमाडौँ । सरकारबाट जग्गा प्राप्त गरेर नेपाल मधेसी निजामती कर्मचारी मञ्चले बनाएको भवनमा महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)नेपालको कार्यालय रहेको छ ।
सरकारबाट प्राप्त गरेको जग्गा कसैलाई भाडामा वा अरू प्रयोजनका लागि प्रयोग गर्न नदिने प्रावधान रहेपनि महन्थ ठाकुर नेतृत्वको पार्टी वर्षौँदेखि सो भवनमा बसेको हो ।
यसबारे निरन्तर प्रश्न उठेपछि मञ्चले उक्त कार्यालय खाली गर्न लोसपालाई ताकेता गरेको छ ।
नेपाल मधेसी निजामती कर्मचारी मञ्चका अध्यक्ष भुवनेश्वर चौधरीले भने लोसपा नेपाललाई बबरमहलको भवन भाडामा नदिएको बताए । अहिलेसम्म सित्तैमा बसिरहेको बताउँदै उनले अब भने आफूहरूले पार्टी कार्यालय खाली गर्न भनिसकेको बताए । तर हालसम्म लोसपाले खाली नगरेको उनको भनाइ छ ।
उनले भने, ‘एक वर्षअघिदेखि हामीले सो भवन खाली गर्न लोसपालाई भनेका हौँ । तर हालसम्म खाली गरेको छैन । चैतमा हाम्रो मञ्चको महाधिवेशन हुँदैछ त्यो महाधिवेशनबाट भवनको सम्बन्धमा ठोस निर्णय गर्छौँ ।’
उसो त लोसपा बन्नुअघिको जनता समाजवादी पार्टी (जसपा) नेपाल तथा राष्ट्रिय जनता पार्टीको केन्द्रीय कार्यालय पनि त्यही भवनमा थियो ।
चौधरीका अनुसार २०६८ मा मधेसी कर्मचारी मञ्चले सो जग्गा सरकारबाट प्राप्त गरेको थियो । भवन निर्माणको शिलान्यास ठाकुरले नै गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिभुवन विश्वविद्यालयको नीति अधिवेशन आज
-
लोहार सङ्घ रौतहटको अध्यक्षमा शर्मा निर्वाचित
-
कमलादीमा भासिएको सडक निर्माण, आजदेखि प्रयोगमा आयो (तस्बिरहरू)
-
भारतको जी–नेटवर्कले किन्यो ‘ह्रस्व दीर्घ’को ओटीटी र स्याटेलाइट
-
युवराजको ‘बागलुङ बुर्तीवाङमा’मा शिवान र अस्मिताको अभिनय
-
गढीमाई मेला सुरक्षाको लागि सशस्त्र प्रहरीका ५ सय सुरक्षा फौज परिचालन