मङ्गलबार, २५ मङ्सिर २०८१
ताजा लोकप्रिय

विदेश घुम्न जानेले दुई महिनामै लगे साढे ४३ अर्ब

मङ्गलबार, २९ असोज २०८१, १७ : ३५
मङ्गलबार, २९ असोज २०८१

काठमाडौँ । विदेश घुम्न जानेहरूले मात्रै दुई महिनामा साढे ४३ अर्ब रुपैयाँ लगेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको दुई महिनामा भ्रमण व्यय ४३ अर्ब ४९ करोड रुपैयाँ पुगेको हो ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भ्रमणबापत नेपालीले ३५ अर्ब ५९ करोड रुपैयाँ विदेश लगेका थिए । यो तुलनामा अहिलेको व्यय २२.२ प्रतिशत बराबर हो । अघिल्लो वर्ष यस्तो वृद्धिदर ७६.५ प्रतिशत रहेकोमा यो वर्ष यस्तो दर भने घटेको छ ।

नेपाल राष्ट्र बैंकले आयात निर्यात, विप्रेषण, भ्रमणको आय र व्यय, प्रत्यक्ष वैदेशिक लगानी र अन्य ट्रान्सफर समेतलाई आधार मानेर शोधनान्तर स्थितिको अवस्था देखाउने काम गर्छ । चालु आवको दुई महिनामा शोधनान्तर अवस्था १०१ अर्ब ७७ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.५५ अर्ब १० करोडले बचतमा रहेको थियो ।

यो अवधिमा चालु खाता ४९ अर्ब ६९ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता २३ अर्ब ९७ करोड रुपैयाँले बचतमा रहेको थियो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप