कांग्रेस, एमाले र माओवादीले परिवर्तनको नाममा जनतालाई धोका दिए : अध्यक्ष लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस, एमाले र माओवादीले परिवर्तनको नाममा जनतालाई धोका दिएको बताएका छन् । कर्णाली यात्राको चौथो दिन शुक्रबार कालिकोट सदरमुकाम मान्ममा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले ०६२–६३ पछि पालैपालो देशको बागडोर सम्हालेका कांग्रेस, एमाले र माओवादीप्रति कटाक्ष गरे ।
ती दलका गलत नीति, सत्तालिप्सा, भ्रष्ट आचरणका कारण देश झन् झन् कमजोर बन्दै गएको उनको आरोप थियो ।
यसैबिच कालिकोट आमसभाका क्रममा जसपा नेपालका जिल्ला अध्यक्ष माधव उपाध्यायलगायत राप्रपामा प्रवेश गरेको राप्रपाले जनाएको छ ।
अध्यक्ष लिङ्देनसहितका राप्रपाका नेताहरू एक हप्ते कर्णाली यात्राको क्रममा विभिन्न जिल्लामा पुगेका छन् । कार्तिक ६ गते सल्यानको सल्ली बजारमा आमसभा गरेर शुभारम्भ भएको राप्रपाको कर्णाली प्रदेशको यात्रा कार्तिक ७ गते सुर्खेतको बाबियाचौर, कार्तिक ८ गते दैलेखको दुल्लु हुँदै शुक्रबार कालिकोट पुगेको हो । यात्राका क्रममा बाटोमा पर्ने जनघनत्व बढी स्थानहरूमा साना ठुला दर्जनौँ सभाहरू भइरहेका छन् ।
यात्रामा अध्यक्ष लिङ्देनको साथमा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री कुन्ती कुमारी शाही, सुदूरपश्चिम प्रदेश कार्यसमितिका अध्यक्ष धर्मराज जोशी, कर्णाली प्रदेश कार्यसमितिका अध्यक्ष दीपबहादुर शाही, प्रवक्ता ज्ञानेन्द्र शाही, सहमहामन्त्रीहरू, सहायक महामन्त्रीहरू, पार्टीका दर्जनौँ केन्द्रीय र प्रदेश तहका नेताहरू, संघ र प्रदेशका आधा दर्जन सांसदहरू सहभागी रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादी जनयुद्धको उद्गम थलोमा प्रचण्डको 'मर्निङ वाक' (तस्बिरहरू)
-
तस्बिरमा हेर्नुहोस् अन्तुडाँडाको सौन्दर्यता
-
चित्रकलाबाट मुन्दुम पदमार्गको प्रवर्द्धन
-
बिरामी भएपछि २४ वर्षीया युवतीले अचानक अंग्रेजी बोल्नै बिर्सिइन्
-
‘आ बाट आमा’मा मुख्य भूमिकामा देखिँदै अभिनेत्री बिपना
-
सोलार फ्लेयरको खतरा : जीपीएसमा अवरोधदेखि ब्ल्याकआउटसम्म हुनसक्ने नासाको चेतावनी