सोमबार, २६ कात्तिक २०८१
ताजा लोकप्रिय

डा. सुदन झाले पाए 'एडी साइन्टिफिक इन्डेक्स २०२५'मा उच्च स्थान

मङ्गलबार, १३ कात्तिक २०८१, १५ : ३२
मङ्गलबार, १३ कात्तिक २०८१

काठमाडौँ । काठमाडौँ विश्वविद्यालयका वरिष्ठ वैज्ञानिक डा. सुदन झाले विज्ञान तथा प्रविधिको क्षेत्रमा गरेको उत्कृष्ट योगदानले "एडी साइन्टिफिक इन्डेक्स २०२५" मा उच्च स्थान प्राप्त गरेको छ। यसले नेपालको शैक्षिक तथा अनुसन्धान क्षेत्रमा नयाँ कीर्तिमान स्थापित गर्दै अन्तर्राष्ट्रिय स्तरमा पनि नेपाललाई चिनाएको छ।

डा. झा काठमाडौँ विश्वविद्यालयका वैज्ञानिकहरूको बिचमा पाँचौं स्थानमा छन् भने नेपालभरका १,६९७ वैज्ञानिकहरुमध्ये तेस्रो स्थानमा पर्न सफल भएका छन्। उनले आफ्नो H-इन्डेक्स, i१०-इन्डेक्स, र उद्धरण (साइटेशन) जस्ता सूचकांकहरूमा उत्कृष्ट प्रदर्शन गरेका छन्। एसियाका ६ लाख ८६ हजार भन्दा बढी वैज्ञानिकहरूको सूचीमा उनको ३४ हजार ५७१औँ स्थान रहेको छ भने विश्वभरका २४ लाख वैज्ञानिकहरूमा १ लाख ७३ हजार ९९०औँ स्थानमा रहेका छन्।

इन्जिनियरिङ तथा टेक्नोलोजी क्षेत्रमा नेपालमा डा. झा पहिलो स्थानमा छन् भने कम्प्युटर विज्ञानमा दोस्रो स्थानमा रहेका छन्। यो उपलब्धिले नेपालका वैज्ञानिकहरूको अन्तर्राष्ट्रिय पहिचानलाई थप मजबुत बनाउँदै नेपाली अनुसन्धानको प्रभावलाई संसारभर पुर्‍याउन सहयोग गरेको छ।

यस उपलब्धिले नेपालको अनुसन्धान र प्रविधि क्षेत्रमा सम्भावनाहरूको सङ्केत गर्ने जनाइएको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप