बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु
मङ्गलबार, १३ कात्तिक २०८१, २० : २३
कपिलवस्तु । बुद्धभूमि नगरपालिका-२ पुरेनास्थित सडकमा लु.१ ख ९०९२ नम्बरको बसले लु.६६ प ४८७५ नम्बरको मोटरसाइकललाई मंगलबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार बुद्धभुमी नगरपालिका-३ धनचौरा बस्ने १८ वर्षीय पवन थापाको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको चौराहा अस्पताल बुटवलमा उपचार भइरहेको छ । प्रहरीले बस चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँको टंकेश्वरबाट १६ वर्षीय बालक सम्पर्कविहीन
-
प्लेअफमा स्थान पक्का गर्ने पहिलो टोली बन्यो जनकपुर
-
लोक सेवामा १० वर्षमा ५० लाखभन्दा बढी दरखास्त‚ करिब ४२ हजारमात्र सिफारिस
-
नयाँ ‘फन्डा’ले बार–बेन्चबिचको ‘शीतयुद्ध’ थप लम्बिने संकेत
-
‘एक्टिङ स्टार’को जुरीमा नीर, अनुप र ऋचा
-
गाउँलेले भूतको आवाज ठानेपछि एक युवक तीन दिनसम्म इनारमा अड्किन बाध्य