पाकिस्तानमा पोलियो खोप अभियान सुरु
बुधबार, १४ कात्तिक २०८१, ०१ : २१
इस्लामाबाद । पाकिस्तानमा लाखौं बालबालिकालाई पोलियोबाट बचाउन राष्ट्रव्यापी अभियान सुरु भएको छ ।
देशभरका चार करोड ५० लाखभन्दा बढी बालबालिकामा पुग्ने लक्ष्य राखिएको यो अभियान सोमबारबाट सुरु गरिएको हो । यो नोभेम्बर ३ सम्म जारी रहने राष्ट्रिय स्वास्थ्य संस्थानले जनाएको छ ।
यो वर्ष पाकिस्तानको पोलिया सम्बन्धी तेस्रो राष्ट्रव्यापी अभियान हो । यहाँ सन् २०२४ मा हालसम्म ४१ पोलिया सम्बन्धी घटनाहरू रिपोर्ट गरिएको छ ।
स्वास्थ्य अधिकारीहरूले अभिभावकलाई खोपमार्फत बालबालिकालाई सुरक्षित राख्न पोलियोकर्मीहरूलाई पूर्ण रूपमा सहयोग गर्न आग्रह गरेका छन् । विश्व स्वास्थ्य सङ्गठनका अनुसार पाकिस्तान र अफगानिस्तान अन्तिम दुई देश हुन्, जहाँ पोलियो महामारीको रूपमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिक उथलपुथलबिच फ्रान्समा नयाँ प्रधानमन्त्री नियुक्त
-
हेन्ड्रिक्सको मेडेन शतकमा दक्षिण अफ्रिकालाई दुई वर्षपछि पहिलो टी–२० शृङ्खला
-
महासङ्घ एसोसिएट प्रदेशबाट केन्द्रीय सदस्यमा कुँवर र मुडभरी निर्वाचित
-
पत्रकार महासङ्घ भक्तपुरमा शिल्पकार निर्वाचित, कार्यसमितिमा को-को ?
-
आँबुखैरेनीमा चितुवा नियन्त्रण गर्न पासो थापियो
-
हिटर प्रयोग गर्दा नगर्नुहोस् यी ७ गल्ती