कसरी छानिन्छ अमेरिकी राष्ट्रपति ?
यो वर्ष विश्वका अधिकांश मुलुक निर्वाचनमय भए । केही मुलुक अब छिट्टै निर्वाचनमा होमिँदै छन् । बेलायत, अमेरिका, फ्रान्स, जापान, भारत हुँदै सबै महादेशका देशहरूमा भएको निर्वाचनमा पृथ्वीका आधा भन्दा बेसी मतदाता निर्वाचनमा सहभागी भए । अमेरिकी राजनीतिशास्त्री फ्रान्सिस फुकुयामा यो वर्षलाई लोकतन्त्रकै भविष्य निर्धारणको वर्ष मान्छन् ।
यी अधिकांश निर्वाचनमा सबै भन्दा महत्त्वपूर्ण निर्वाचन यो वर्षको अन्त्यमा अर्थात् ५ नोभेम्बरमा अमेरिकामा हुँदै छ । विश्वको राजनीति, अर्थतन्त्र र प्रविधिमा महाशक्ति रहेको अमेरिकामा हुने निर्वाचित र त्यसबाट छानिने नेतृत्वले प्रत्यक्ष–अप्रत्यक्ष रूपमा संसारभरको राजनीतिलाई प्रभाव पार्ने गर्छ ।
यति खेर विश्वकै ध्यान त्यही अमेरिकी निर्वाचनतर्फ छ । विशेष गरी अमेरिकी मतदाता र विश्वभरका रणनीतिकारसहित आम मानिसले समेत डोनाल्ड ट्रम्प र कमला ह्यारिसका भावी योजना मिश्रित तिखा, घोचपेचयुक्त भाषणहरू सुनी रहेका छन् । उनीहरूले लिने नीतिले पार्ने प्रभावबारे अनुमान लगाइरहेका छन् ।
चाहे युक्रेन युद्धको ब्याटल ग्राउन्ड होस वा चीन सागरमा गस्ती लगाई रहेका कोस्ट गार्डका सैनिक, ग्वाटेमालाका घना जंगल छिचोल्दै अमेरिका पुग्ने लक्ष्य राखेका आप्रवासी हुन् वा सांघाईका गगनचुम्बी महलमा बसेर छलफल गरिरहेका व्यापारी सबैलाई एउटै चासो छ– अमेरिकाको राष्ट्रपति को बन्नेछ ।
त्यसैले अधिकांश अन्तर्राष्ट्रिय अखबारहरूका पानाहरू नोभेम्बर ५ मा हुने अमेरिकी निर्वाचन परिणामको आङ्कलनले भरिएका छन् । तथ्याङ्कको उपयोग गरेर गरिने प्रत्येक क्षणको मनोविज्ञानका विश्लेषणदेखि, ज्योतिषका भविष्यवाणीसम्म सामाजिक सञ्जाल र अखबारमा छ्यापछ्याप्ती छन् ।
चाहे युक्रेन युद्धको ब्याटल ग्राउन्ड होस वा चीन सागरमा गस्ती लगाई रहेका कोस्ट गार्डका सैनिक, ग्वाटेमालाका घना जंगल छिचोल्दै अमेरिका पुग्ने लक्ष्य राखेका आप्रवासी हुन् वा सांघाईका गगनचुम्बी महलमा बसेर छलफल गरिरहेका व्यापारी सबैलाई एउटै चासो छ– अमेरिकाको राष्ट्रपति को बन्नेछ । त्यसैले यसलाई विश्व राजनीतिको दिशा बदल्ने निर्वाचनका रूपमा लिइन्छ ।
अमेरिकाको नेतृत्व दक्षिणपन्थी शासकले गर्ने छन् वा प्रजातान्त्रिक शासकले ? शासनतन्त्रमा गोराहरूकै वर्चस्व कायम रहने छ वा कालाजातिका मानिसले पनि प्रतिनिधित्वको अवसर पाउने छन् ? दुवै परिस्थितिमा अमेरिकाको भावी रणनीति के हुन सक्छ ? अमेरिकाले नयाँ नेतृत्व पाएसँगै विश्वभर भई रहेका युद्धहरूले विराम पाउँछन् वा ती झनै गहिरिएर जान्छन् ? यी र यस्ता कयौँ विषयमा विश्वको हरेक कुनाबाट मानिस अमेरिकातर्फ हेरिरहेका छन् ।
उम्मेदवारबिच चलेका बहस, मिडिया वा सेलिब्रेटिका इडोर्समेन्ट तथा अखबारहरूका तथ्याङ्कमा आधारित अनुमानबिच सम्भवतः सबैभन्दा धेरै चर्चा गरिएको तर प्रक्रियागत रूपमा कम बुझिएको निर्वाचन प्रणाली पनि अमेरिकाकै मानिन्छ ।
त्यसो भए आउनुस् अमेरिकी निर्वाचन प्रणालीबारे केही बुझौँ ।
अमेरिकी निर्वाचन अन्य निर्वाचनहरू भन्दा भिन्न खालको छ । संसदीय प्रणाली वा कार्यकारी प्रमुखको प्रत्यक्ष निर्वाचन प्रणाली भन्दा पृथक् रूपमा राष्ट्रप्रमुख छनोट हुने अमेरिकी राष्ट्रपतीय निर्वाचन केही घुमाउरो जस्तो देखिन्छ । यो अप्रत्यक्ष निर्वाचन प्रणाली हो ।
अमेरिकी राष्ट्रपतीय निर्वाचन कसरी सम्पन्न हुन्छ भन्नेबारे त्यहाँको अभ्यासलाई विभिन्न चरणमा विभाजन गरेर बुझ्दा सहज हुन्छ ।
१) उम्मेदवारको योग्यता
- अमेरिकी राष्ट्रपति बन्नका लागि आधारभूत तीन शर्त पुरा गरेपछि मात्रै उम्मेदवारको योग्यता पुरा हुन्छ । उम्मेदवार अमेरिकाको प्राकृतिक नागरिक हुनुपर्छ अर्थात् उ जन्मसिद्ध अमेरिकी नागरिक हुनुपर्छ ।
- राष्ट्रपति निर्वाचित भएको खण्डमा कार्यकाल सुरु गर्नुपर्ने दिन अर्थात् २० जनवरीका दिन उम्मेदवारको उमेर अनिवार्य ३५ वर्ष पुरा भएको हुनुपर्छ ।
- उम्मेदवार हुनु भन्दा १५ वर्ष अघिदेखि अमेरिकामा बसोबास गरेको हुनुपर्छ ।
अमेरिकी संविधानको २२औँ संशोधन हुनु अघिसम्म राष्ट्रपति कार्यकाल दोहोरिने सङ्ख्याको सीमा थिएन । फ्र्याङ्कलिन डिलानो रुजवेल्ट चार पटकसम्म राष्ट्रपति निर्वाचित भएका थिए । २२औँ संशोधनले एक व्यक्ति जम्मा दुई पटक मात्र राष्ट्रपति हुने प्रावधान गर्यो ।
२) चुनावको मिति
अमेरिकी निर्वाचन प्रत्येक चार वर्षमा एक पटक हुन्छ । निर्वाचन हुने वर्ष चारले निःशेष भाग जाने सालमा पर्छ । उदाहरणका लागि सन् २०००, २००४ वा २०२४ इत्यादि । निर्वाचनको दिन पनि पहिले नै निश्चित हुन्छ ।
अमेरिकामा ५० वटा राज्य र राजधानी रहेको जिल्ला ‘डिस्ट्रिक्ट अफ कोलम्बिया’ मा मात्रै निर्वाचन हुने गर्छ । ग्वाम, प्युअर्टो रिको जस्ता अमेरिकी नियन्त्रणमा रहेका क्षेत्रमा बसोबास गर्ने जनताले मतदान गर्न पाउँदैनन् ।
निर्वाचन हुने वर्षको १०औँ महिना अर्थात् नोभेम्बरको पहिलो सोमबारको भोलिपल्ट अमेरिकाभर एकैसाथ निर्वाचन हुने गर्छ । यदि पहिलो मंगलबार १ तारिखमा परेको छ भने निर्वाचन ८ तारिखमा हुने गर्छ । नोभेम्बर महिनाको पहिलो दिन ‘अल सेन्ट डे’ भनिने पर्व तथा अधिकांश व्यवसायीको हिसाब–किताब मिलानको दिनपर्ने हुँदा यस्तो अभ्यास गरिएको हो ।
यसरी हेर्दा निर्वाचन मिति नोभेम्बर २ देखि ८ तारिखबिचको मंगलबारमा पर्छ । सन् १८४० को दशकसम्म विभिन्न राज्यमा विभिन्न मितिमा निर्वाचन हुने गर्थ्यो । टेलिग्रामको आविष्कार र त्यसको आमप्रयोग हुन थालेपछि एक राज्यको निर्वाचनले अन्य राज्यमा ठुलो हलचल ल्याउन थालेपछि एकै दिनमा निर्वाचन गर्ने अभ्यास बसालियो ।
निर्वाचनको निश्चित मिति तोकिए पनि निर्वाचन अघि केही महिनादेखि नै अग्रिम मतदान र हुलाक मार्फत मतदान गर्ने अभ्यास छ । जस्तै यो वर्षको निर्वाचनमा राष्ट्रपति जो वाइडेनले आफ्नो मत चुनावको मिति अगावै खसाल्दै छन् ।
३. प्राइमरी र ककस
अमेरिकी राष्ट्रपति निर्वाचन विकेन्द्रित निर्वाचन प्रणाली हो । अर्थात् यसमा राज्यहरूको ठुलो भूमिका हुन्छ । मतदाताको उमेरदेखि अन्य महत्त्वपूर्ण प्रावधान राज्यहरू आफैले निर्धारण गर्न सक्छन् । यद्यपि आधारभूत मान्यताहरू भने सबै राज्यमा समान पाइन्छन् । यसका साथै प्रत्येक उम्मेदवारले प्रत्येक राज्यमा उम्मेदवारी दर्ता गर्नुपर्ने अभ्यास छ ।
दलहरूले आफ्नो उम्मेदवार छनोट गर्नका लागि ‘प्राइमरी’ वा ‘ककस’ को अभ्यास गर्छन् । अमेरिकामा ५० वटा राज्य र राजधानी रहेको जिल्ला ‘डिस्ट्रिक्ट अफ कोलम्बिया’ मा मात्रै निर्वाचन हुने गर्छ । ग्वाम, प्युअर्टो रिको जस्ता अमेरिकी नियन्त्रणमा रहेका क्षेत्रमा बसोबास गर्ने जनताले मतदान गर्न पाउँदैनन् । तर, निर्वाचनका लागि उम्मेदवार छनोट गर्ने प्राइमरीमा भने दलहरूले यी भागबाट पनि प्रतिनिधि ल्याउने गर्छन् ।
निर्वाचनमा भाग लिन चाहने व्यक्तिले पाँच हजार अमेरिकी डलर भन्दा धेरै खर्च गर्नुपर्ने भएमा निर्वाचन आयोगलाई त्यसको जानकारी गराउनु पर्छ । यसै कारण प्रत्येक निर्वाचन अभियान औपचारिक चन्दादाताको घोषणाबाट सुरु हुन्छ ।
अमेरिकी संविधानमा दलबारे उल्लेख छैन । अमेरिकाको पहिलो राष्ट्रपति जर्ज वासिङ्टन स्वतन्त्र उम्मेदवारका रूपमै दुई पटक राष्ट्रपति भए । उनी र उनका समकालीन नेताहरू दलिए व्यवस्थाका कारण अमेरिकी समाज ध्रुवीकृत हुने र त्यसो गर्न नहुने मत राख्थे ।
आयोवा प्रान्तको ककस अर्थात् भेलाबाट उम्मेदवार छान्ने प्रक्रिया सुरु हुन्छ । यससँगै अमेरिकाभर प्राइमरीको लहर सुरु हुन्छ । साउथ–क्यारोलिना राज्यबाट दक्षिण क्षेत्रको प्राइमरी सुरु हुन्छ भने नेभाडा राज्यबाट पश्चिम क्षेत्रको प्राइमरी सुरु हुन्छ । सुपर ट्युसडे भनिने फेब्रुअरी वा मार्च महिनाको मंगलबार धेरैवटा प्राइमरी एकै पटक हुन्छन् । यो दिनबाट पार्टी भित्र राष्ट्रपतिको उम्मेदवार हुने व्यक्ति लगभग टुङ्गिन थाल्छ ।
दलहरू भित्रका सहभागी शुभेच्छुक तथा समर्थकले उम्मेदवारका आकाङ्क्षीको पक्ष–विपक्षमा आफूलाई उभ्याउँछन् । यसरी प्रत्येक राज्यको प्राइमरीबाट छानिएका प्रतिनिधिहरू सम्मिलित राष्ट्रिय भेलाले उम्मेदवारको अन्तिम टुङ्गो लगाउँछ । प्रतिनिधिको व्यवस्था तथा प्राइमरीमा मतदानको तरिका दलहरू अनुसार फरक–फरक हुन सक्छ ।
जस्तै डेमोक्रयाटिक पार्टीले १५ प्रतिशत ‘सुपर डेलिगेट’ को व्यवस्था गरेको छ, जो पार्टी तथा विभिन्न नीतिगत तहमा बसेका व्यक्तिका लागि सुरक्षित गरिएको हो ।
जुनमा भएको राष्ट्रपति उम्मेदवारको बहसमा खराब प्रदर्शनपछि २१ जुलाईमा बाइडेनले उपराष्ट्रपति कमला ह्यारिसलाई समर्थन गर्दै उम्मेदवारी त्यागको घोषणा गरे । उनले मेनिसोटाका गभर्नर टिम वाल्जलाई उपराष्ट्रपति उम्मेदवार रोजिन । उनीहरू डेमोक्र्याटिक पार्टीका उम्मेदवार हुन् ।
निकी हेलीलाई हराउँदै ट्रम्प रिपब्लिकनको उम्मेदवार छानिए । उनले ओहायो राज्यका सिनेटर जे. डी. भान्सलाई उपराष्ट्रपतिको उम्मेदवार छाने । यी दुवै राष्ट्रपतिको उम्मेदवारको अन्तिम टुङ्गो उनीहरूको दलका नेसनल कन्भेन्सनले प्रतिनिधिहरूको उपस्थितिमाझ लगाएको हो ।
४) बहस र निर्वाचन अभियान
प्रमुख दलहरूले राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेदवार टुङ्ग्याएपछि निर्वाचन प्रचार–प्रसार अभियान सुरु हुन्छ । कानुनी रूपमा सम्बन्धित निकायमा जानकारी गराएर आर्थिक सहयोग सङ्कलन गर्न पाइने प्रावधानका कारण अमेरिकी चुनावमा व्यापारी तथा उद्योगी समूहको ठुलो भूमिका रहन्छ ।
कलाकार, लेखक, अभियन्ता तथा राजनीतिज्ञहरूको समर्थन बटुल्दै हिँड्ने अभियानहरूमा सडकका आमसभादेखि ठुला छलफलसम्म समेटिन्छन् । प्रमुख दलका उम्मेदवारलाई टेलिभिजनमा प्रत्यक्ष बहस गराउने प्रचलन असाध्यै चर्चित छ अमेरिकामा ।
यो वर्षको निर्वाचनको पहिलो बहस सीएनएन टेलिभिजनले गराएको थियो । बहसमा आफ्नो खराब प्रदर्शनपछि राष्ट्रपति वाइडेनले उम्मेदवारी नै त्याग्नु पर्ने अवस्था आयो । नयाँ डेमोक्रयाटिक उम्मेदवारका रूपमा कमला मैदानमा आएपछि भएको त्यस्तै अर्को बहस पनि सम्पन्न भइसकेको छ । यो क्रम निर्वाचन अघिसम्म जारी रहन्छ ।
५) अमेरिकी निर्वाचन प्रणाली
अमेरिकी निर्वाचन प्रणाली अनौठो छ । वास्तवमा अमेरिकी संविधानमा दलबारे उल्लेख छैन । अमेरिकाको पहिलो राष्ट्रपति जर्ज वासिङ्टन स्वतन्त्र उम्मेदवारका रूपमै दुई पटक राष्ट्रपति भएका थिए । उनी र उनका समकालीन नेताहरू दलीय व्यवस्थाका कारण अमेरिकी समाज ध्रुवीकृत हुने र त्यसो गर्न नहुने मत राख्थे ।
झट्ट हेर्दा अमेरिकामा केवल दुई दलहरू मात्रै देखिन्छ र शासन प्रणाली पनि दुई दलिए नै हो कि भन्ने भान हुन्छ । तर, त्यहाँ धेरै दलहरू अस्तित्वमा छन् । यस पटक कमला ह्यारिस र डोनाल्ड ट्रम्पका अलावा स्वतन्त्र उम्मेदवार कर्नेल वेस्ट, ग्रीन पार्टीका तर्फबाट जिल स्टेन तथा लिबर्टरियन पार्टीका तर्फबाट चेज ओलिभर उम्मेदवार छन् ।
उनी दुई पटक भन्दा धेरै राष्ट्रपति बन्न चाहेनन् । अमेरिकी राजनीतिमा दलहरूको उदय त्यसपछि भएको हो । सुरुमा फेडरलिष्ट र डेमोक्रयाटिक–रिपब्लिकन भन्ने दुई दल मात्र देखा परे । त्यसैले सन् १७९६ को निर्वाचनमा फरक–फरक दलबाट राष्ट्रपति र उपराष्ट्रपति निर्वाचित भएका थिए । तर, आजका दिनमा जुन दलबाट राष्ट्रपति हुन्छन्, उनैले उपराष्ट्रपतिको चयन गर्ने अभ्यास छ ।
कालान्तरमा फेडेरलिष्ट पार्टीको अस्थित्व मेटिँदै गयो । डेमोक्रयाट–रिपब्लिकन नामका दुई पार्टी पछि बिस्तारै डेमोक्रयाटिक र व्हिगमा विभाजित हुँदै गए । अब्राहम लिंकनको समयमा आइ पुग्दा दास–मोचनका समर्थक रिपब्लिकनमा केन्द्रित हुन थाले । रिपब्लिकन पार्टीबाट अब्राहम लिंकन राष्ट्रपति विजयी भएसँगै अमेरिकामा डेमोक्र्याटिक र रिपब्लिकन दुई पार्टीको दबदबा स्थापित हुन पुग्यो ।
सन् १८५२ को १७औँ राष्ट्रपति निर्वाचनपछि अमेरिकी राजनीतिमा डेमोक्रयाटिक र रिपब्लिकन पार्टीकै वर्चस्व छ, जुन आज पर्यन्त जारी छ ।
- के अमेरिकामा दुई दलीय प्रणाली छ ?
झट्ट हेर्दा अमेरिकामा केवल दुई दलहरू मात्रै देखिन्छ । र, शासन प्रणाली पनि दुई दलीय नै हो कि भन्ने भान हुन्छ । तर, त्यहाँ धेरै दलहरू अस्तित्वमा छन् । प्रत्येक राष्ट्रपति निर्वाचनमा धेरै उम्मेदवार खडा हुने गर्छन् । जस्तै यस पटककै निर्वाचनमा पनि कमला ह्यारिस र डोनाल्ड ट्रम्पका अलावा स्वतन्त्र उम्मेदवार प्राध्यापक कर्नेल वेस्ट, ग्रीन पार्टीका तर्फबाट जिल स्टेन तथा लिबर्टरियन पार्टीको तर्फबाट चेज ओलिभरलगायत उम्मेदवार छन् ।
५० वटा राज्य र डिस्ट्रिक्ट अफ कोलम्बियाका मतदाताले आफ्नो राज्यको भागमा पर्ने सङ्ख्या बराबरको ‘सुपर भोटर’ छनोट गर्छन् । जसको काम राष्ट्रपतिको छनोटमा मतदान गर्नु हो ।
तर, अमेरिकी निर्वाचनको अभ्यास कस्तो भई सक्यो भने त्यहाँका मुख्य मुद्दा तथा प्रतिस्पर्धी पनि दुई दल नै हुन् । प्रत्येक राज्यका निर्वाचनमा यिनै दुई दल प्रभावशाली देखिन्छन् । राष्ट्रपतिको निर्वाचन बाहेक अन्य निर्वाचनमा भने साना दलको पनि उपस्थिति यदाकदा भेटिन्छ ।
विश्लेषकहरू अमेरिकी निर्वाचन र दलीय प्रणालीलाई व्यक्तिको पहलबाट औद्योगिक घरानाको सहयोगमा सञ्चालन हुने अभियानमा केन्द्रित हुने शैलीको रूपमा पनि व्याख्या गर्ने गर्छन् ।
- इलेक्टोरल कलेज
५० वटा राज्य र डिस्ट्रिक अफ कोलम्बियाका मतदाताले आफ्नो राज्यका तर्फबाट निश्चित व्यक्तिलाई राष्ट्रपतिको छनोट गर्न निर्वाचित गर्छन् । अर्को अर्थमा भन्दा मतदाताले आफ्नो राज्यको भागमा पर्ने सङ्ख्या बराबरको ‘सुपर भोटर’ छनोट गर्छन् । जसको काम राष्ट्रपतिको छनोटमा मतदान गर्नु हो ।
यिनीहरूलाई इलेक्टोर भनिन्छ । यस्ता इलेक्टोरको सङ्ख्या राज्य अनुसार फरक हुने गर्छ । क्यालिफोर्निया राज्यबाट ५५ जना इलेक्टोर छानिन्छन् भने टेक्सासबाट ३८ जना छानिन्छन् । धेरै जसो राज्यमा इलेक्टोरको छनोट जित्नेले सबै पाउने तरिकाबाट हुने गर्छ । मैने र नेब्रास्का राज्यबाट भने समानुपातिक रूपमा इलेक्टोर निर्वाचित हुन्छन् ।
कहिले काहीँ इलेक्टोरल कलेजको बहुमत प्राप्त व्यक्ति लोकप्रिय मतमा पछि परेको पनि हुन सक्छ । तर, जस्तो अवस्था भएता पनि इलेक्टोरल कलेजमा बहुमत प्राप्त गर्ने व्यक्ति लोकप्रिय मतमा कमजोर भए पनि राष्ट्रपति निर्वाचित हुन्छ ।
मतगणना सम्पन्न भएपछि सबै राज्यबाट आएका इलेक्टोरको कुल सङ्ख्या पाँच सय ३८ हुन्छ । यी पाँच सय ३८ इलेक्टोरको समूहलाई इलेक्टोरल कलेज भनिन्छ । यसमा दुई सय ७० इलेक्टोर आफ्नो पक्षमा पार्ने व्यक्ति अमेरिकाको राष्ट्रपति निर्वाचित हुने गर्छ ।
इलेक्टोरल कलेजको मतदानमा बराबर सङ्ख्या देखिएमा अब राष्ट्रपति छनोटको जिम्मा ‘हाउस अफ रिप्रेजेन्टेटिभ’ को हुन्छ । हाउस अफ रिप्रेजेन्टेटिभले मतदान मार्फत राष्ट्रपति टुङ्ग्याउँछ । यसलाई ‘कन्टिन्जेन्ट इलेक्सन’ भन्ने गरिन्छ । सन् १८०० मा टामस जेफर्सन र सन् १८२४ मा जोन विन्से आडम्स यसरी हाउस अफ रिप्रेजेन्टेटिभको मतदानबाट निर्वाचित भएका थिए ।
- लोकप्रिय मत र इलेक्टोरल कलेजमा बहुमत
कहिले काहीँ इलेक्टोरल कलेजको बहुमत प्राप्त व्यक्ति लोकप्रिय मतमा पछि परेको पनि हुन सक्छ । तर, जस्तो अवस्था भएता पनि इलेक्टोरल कलेजमा बहुमत प्राप्त व्यक्ति लोकप्रिय मतमा कमजोर हुनुका बाबजुद अमेरिकामा राष्ट्रपति निर्वाचित हुन्छ ।
यसपटकको निर्वाचनमा १९ इलेक्टोरल मत रहेको पेन्सिल्भानिया, १६ इलेक्टोरल मत रहेको जर्जियासहित नर्थ क्यारोलिना, मिसिगन, एरिजोना, विस्कन्सिन, नेभाडालगायत राज्यलाई स्विङ स्टेटका रूपमा लिइएको छ ।
अमेरिकी निर्वाचन प्रणालीको विगत इतिहासमा यस्तै भएको छ । सन् २००० मा निर्वाचित राष्ट्रपति जर्ज डब्ल्यु. बुसले पराजित उम्मेदवार अल गोर भन्दा ५ लाख कम मत ल्याएका थिए । त्यस्तै सन् २०१६ को निर्वाचनमा विजयी राष्ट्रपति डोनाल्ड ट्रम्पले पराजित उम्मेदवार हिलारी क्लिन्टन भन्दा ३० लाख कम मत ल्याएका थिए ।
यी दुवै विजयी राष्ट्रपतिले इलेक्टोरल कलेजमा आफ्नो बहुमत पुर्याएर विजयी भएका थिए ।
६) स्विङ स्टेट
अमेरिकी निर्वाचनमा धेरै राज्यहरूको पक्षधरता मतदान अघि नै अनुमान गर्न सकिन्छ । डेमोक्रयाटिक पार्टीको पकड भएका राज्यलाई निलो सङ्केत र रिपब्लिकन पार्टीको पकड भएका राज्यलाई रातो रङले सङ्केत गर्ने चलन छ । तिनीहरूलाई ‘ब्लु स्टेट’ र ‘रेड स्टेट’ भन्ने गरिन्छ । यस्ता राज्यहरूले कमै मात्रामा पक्षधरता फेर्ने गर्छन् ।
तर, स्पष्ट पक्षधरता नदेखिएका वा पक्षधरता हेरेफेर हुने राज्यहरूलाई ‘स्विङ स्टेट’ भन्ने गरिन्छ । मूलतः निर्वाचनको तानातान र सघन बहसबिच यी राज्यका मत आफ्नो पक्षमा तान्न उम्मेदवारहरू विभिन्न प्रयास गरिरहेका हुन्छन् ।
यसपटकको निर्वाचनमा १९ इलेक्टोरल मत रहेको पेन्सिल्भानिया, १६ इलेक्टोरल मत रहेको जर्जियासहित नर्थ क्यारोलिना, मिशिगन, एरिजोना, विस्कन्सिन, नेभाडालगायत राज्यलाई स्विङ स्टेटका रूपमा लिइएको छ ।
७) नयाँ राष्ट्रपति
५ नोभेम्बरमा हुने मतदानपछि विजयी इलेक्टोरले डिसेम्बर ११ मा राष्ट्रपतिको औपचारिक छनोट गर्नेछन् ।
५ नोभेम्बरको मतदान लगत्तै विजयी उम्मेदवार थाहा हुने भएता पनि औपचारिकताको प्रक्रिया अलिक लामो छ । १७ डिसेम्बरमा सबै इलेक्टोरल भोटलाई वासिङ्टन लगिनेछ । ६ जनवरीमा अमेरिकी कंग्रेसमा इलेक्टोरल मत गणनाको काम पुनः गरिन्छ ।
र, औपचारिक रूपमा राष्ट्रपतिको विजय घोषणा गरिन्छ । नयाँ वर्ष अर्थात् सन् २०२५ को जनवरी २० मा नयाँ राष्ट्रपतिले आफ्नो कार्यकाल औपचारिक रूपमा सुरु गर्छन् । यसरी अमेरिकी राष्ट्रपति छनोटको प्रक्रिया अन्त्य हुन्छ ।
एजेन्सीको सहयोगमा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमएस नेपाल विजेता घिमिरेले सुरु गरिन् घरेलु हिंसा विरुद्ध अभियान
-
दमस्कस सुरक्षित रहेको विपक्षी नेताको दाबी
-
ब्याट्सम्यानहरुको निराशाजनक प्रदर्शनपछि अस्ट्रेलियासँग १० विकेटले हार्यो भारत
-
काठमाडौँ महानगरभित्र सञ्चालनमा रहेका ८८ प्रतिशत मःम पसलमा सरसफाइ नगरेको फेला
-
रविलाई थप १३ दिन हिरासतमा राख्न प्रहरीले माग्यो अनुमति
-
तीन दिनमा पुष्पाले कमायो ५०० करोड