देश कसरी डुब्दैछ सिंहदरबार वैद्यखाना हेरे पुग्छ : बालेन शाह
काठमाडौं । काठमाडौँ महानगरपालिका मेयर बालेन शाहले सिंहदरबार वैद्यखाना विकास समितिको अवस्थाले समग्र मुलुकको अवस्था चित्रण गरेको भन्दै चिन्ता प्रकट गरेका छन्।
आज राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरि दिवस एवं सिंहदरबार वैद्यखाना विकास समितिको ३०औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले देशको अर्थतन्त्रमा ठूलो योगदान पुर्याउने सम्भावना बोकेको संस्था अहिले आफैँ थला पर्नु सोचनीय विषय भएको बताए ।
“अहिले देश किन र कसरी डुब्यो, समस्या के हो भन्ने हेर्न मन भए सिंहदरबार वैद्यखाना हेरे पुग्छ”, मेयर शाहले भने, “९० प्रतिशत सरकारी उद्योग कि त भाडामा दिइन्छ, भाडामा दिन सकिएन भने निजी संस्थाको प्रभाव र दबाबमा आएर त्यसलाई डुबाइन्छ ।”
सरकारद्वारा सञ्चालित उद्योग कलकारखाना घाटामा जानाका कारण उल्लेख गर्दै उनले वैद्यखानालाई धराशयी पर्न नदिन सामूहिक पहलको आवश्यकता औँल्याए । “आयुर्वेदिक उपचार पद्धति हाम्रो संस्कार र संस्कृति हो, जसरी हामीले सनातन धर्मलाई मान्छौँ त्यसरी नै मान्दै आएको विषय हो”, मेयर शाहले भने ।
उनले आफू वैद्यखाना परिसरमा हुर्केको आफ्नो बाल्यकालको स्मरण गर्दै यस संस्थाको व्यवस्थित सञ्चालन र विकासका लागि सरोकारवाला सबैको ध्यानाकर्षण गराए । “पहिले यही ठाउँमा धेरै स्थान खाली थियो, औषधि उत्पादन धेरै हुन्थ्यो, अहिले जताततै भवन छन्, औषधि उत्पादन चाहिँ कम छ”, मेयर शाहले भने, “२०५८/५९ सालमा यहाँको बजेट रु पाँच करोड थियो, अहिले एक करोड छ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायालय लयमा फर्कियो, अब गरिमामय बनाउनु पर्छ : प्रधानन्यायाधीश राउत
-
राजनीतिक कोर्स बदल्ने बेला आएको छ : प्रचण्ड
-
सिमेन्टको मूल्य बढ्दा निर्माण व्यवसायी थप समस्यामा परेका छन् : अध्यक्ष सिंह
-
निर्माण व्यवसायीको भुक्तानी एक हप्ताभित्र हुन्छ : अर्थमन्त्री पौडेल
-
रविलाई भेटेपछि ज्ञानेन्द्रले भने, ‘मदिरा सेवन गरेका प्रहरीद्वारा रातारात पोखरा ल्याइएको छ, छानबिन हुनुपर्छ’
-
कर्णालीको दोस्रो जित, ‘लो–स्कोरिङ’ खेलमा विराटनगर स्तब्ध