रवि लामिछानेको बयान अन्तिम चरणमा, आज सक्ने तयारी
काठमाडौँ । सुर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री रवि लामिछानेसँग आज पनि बयान लिइँदै छ । रास्वपाका सभापति समेत रहेका लामिछानेसँग जिल्ला प्रहरी कार्यालय कास्कीमा बयान लिन थालिएको छ ।
मंगलबार बयान पुरा नभएको हुनाले आज बयान सक्नेगरी काम भइरहेको जिल्ला सरकारी वकिल कार्यालय कास्कीकी प्रमुख कमला काफ्लेले रातोपाटीलाई बताइन् ।
कार्तिक १२ मा अनुसन्धान अधिकृत र सरकारी वकिलले साढे ८ घण्टा बयान लिएका थिए । लामिछानेको बयान नसकिएको र बुधवार पनि निरन्तर बयान लिन थालिएको अनुसन्धानमा संलग्न एकजना अधिकृतले रातोपाटीलाई बताए ।
ती अधिकृतले भने– ‘बयान सकिएको छैन, आज पनि निरन्तर बयान लिन्छौँ ।’ लामिछाने कार्तिक २ मा वनस्थलीबाट पक्राउ परेका हुन् । सुर्यदर्शनको रकम अपचलनमा संलग्न आरोपमा पूर्वडीआईजी छविलाल जोशी, लिला पछाई र रामबहादुर खनाल कास्की प्रहरीको हिरासतमा छन् ।
अहिलेसम्मको बयानमा पूर्वगृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेले सुर्यदर्शनबाट ऋण लिएको तथ्य अस्वीकार गरेका छन् ।
पोखरा महानगरपालिका वडा नम्बर–५ मा सञ्चालित सुर्यदर्शन सहकारीको सेयर सदस्य र ऋणी आफू नरहेको जिकिर गर्दै लामिछानेले भनेका छन्, ‘सुर्यदर्शनको सञ्चालक समिति, लेखा समिति, ऋण समिति वा अन्य कुनै पनि पदमा म थिइन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
फ्रान्समा वामपन्थीहरुले पारे प्रधानमन्त्रीलाई अफ्ठ्यारो
-
कर्णालीमा उपनिर्वाचन नतिजा : माओवादीलाई बोनस, कांग्रेसलाई घाटा !
-
१२ बजे, १२ समाचार : उपनिर्वाचनको सम्पूर्ण मतपरिणाम सार्वजनिकदेखि तीन दिनमा सकियो रविको बयानसम्म
-
उदयपुरको बेलका- ९ मा माओवादी केन्द्रका भरत घिमिरे विजयी
-
उपनिर्वाचनको मैझारो : माओवादीलाई ‘बोनस’, राप्रपा र रास्वपालाई झट्का !
-
हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्षमा माओवादीकी तिमल्सिना विजयी