मङ्गलबार, १८ मङ्सिर २०८१
ताजा लोकप्रिय

नबिल बैंकसहित एकैदिन ४ कम्पनीको लाभांश घोषणा, कसको कति ?

बुधबार, १४ कात्तिक २०८१, १२ : २६
बुधबार, १४ कात्तिक २०८१

काठमाडौँ । एकै दिन चार कम्पनीको लाभांश घोषणा भएको छ । तिहार बिदा सुरु हुनुअघिको अन्तिम दिन बुधबार सम्बन्धित कम्पनीहरूको लाभांश घोषणा भएको हो । 

नेपाल स्टक एक्सचेन्जका अनुसार यसरी लाभांश घोषणा गर्नेमा नबिल बैंक, सोल्टी होटल,  फर्स्ट  माइक्रोफाइनान्स र विन्धवासिनी हाइड्रोपावर रहेका छन् ।

नबिल बैंकले यो वर्ष १० प्रतिशत नगद लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको मंगलबार बसेको बैठकले यस्तो कर प्रयोजनको लागि समेत गरी सो बराबरको लाभांश दिने निर्णय गरेको हो ।

त्यसैगरी सोल्टी होटल लिमिटेडले पनि यो वर्ष १० प्रतिशत नगद लाभांश दिने जनाएको छ ।

फर्स्ट माइक्रोफाइनान्सले ९ प्रतिशत बोनस शेयर र ०.४७ प्रतिशत नगद लाभांश घोषणा गर्दा  विन्ध्यवासिनी हाइड्रोपावरले भने ८ प्रतिशत बोनस शेयर वितरण गर्ने जनाएको छ ।

यो लाभांश कम्पनीको साधारणसभाले पारित गरेपछि वितरण हुनेछ । नियामक निकायबाट स्वीकृति लिनुपर्ने संस्थाहरुले भने साधारणसभा बोलाउनुअघि यस्तो स्वीकृति समेत लिनु पर्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप