फ्यानको हत्याको आरोप लागेका यी फिल्म स्टारले पाए जमानत
नयाँदिल्ली । आफ्नै महिला फ्यानको हत्याको षडयन्त्र रचेको आरोपमा जेलमा रहेका कन्नड फिल्म स्टार दर्शन थुगुदीपाले जमानत पाएका छन् । दर्शनलाई कर्नाटक उच्च अदालतले ६ हप्ताको अन्तरिम जमानत दिएको हो ।
जुनमा उनलाई कर्नाटक प्रहरीले अन्य आरोपीको साथमा हत्याको मामिलामा पक्राउ गरेको थियो । अभिनेतालाई पहिला बैंगलुरु जेलमा राखिएको थियो । पछि जेलमा भीआईपी ट्रिटमेन्ट पाएको आरोपछि उनलाई बल्लारी जेलमा सारिएको थियो ।
के कारणले गर्दा पाए जमानत ?
दर्शनले स्पाइन सर्जरीका लागि उच्च कर्नाटक उच्च अदालतमा जमानतको लागि याचिका बुझाएका थिए । अदालतले प्रशासनलाई स मामिलामा मेडिकल जाँचको रिपोर्ट बुझाउन भनेको थियो । रिपोर्टमा दर्शनलाई ढाडको समस्या भएको र सोको लागि फिजियोथेपारी वा शल्यक्रिया गर्नुपर्न सक्ने बताइएको थियो ।
यसपछि मेडिकल आधारमा अदालतले अभिनेतालाई ६ हप्ताको अन्तरिम जमानत दिएको हो । अभिनेताले ट्रायल कोर्टमा आफूलाई जमानत नदिने निर्णयलाई चुनौती दिएका छन् । उच्च अदालतमा नियमित जमानतका लागि उनले बुझाएको याचिकामा पनि निर्णय हुन बाँकी छ । यसमा छिटै फैसला हुनसक्ने बताइएको छ ।
किन जेलमा पुगे दर्शन ?
३३ वर्षीया अटो चालक रेणुका स्वामीको जून ९ मा अपहरण भएको थियो । यातनापछि उनको हत्या गरिएको थियो । उनको अपहरण, यातना र हत्या कन्नड फिल्म स्टार दर्शनको आदेशमा भएको बताइएको छ । रेणुकाले दर्शनको पार्टनर भनिएकी कन्नड अभिनेत्री पवित्रा गौडालाई भद्दा म्यासेज पठाएको खुलासा भएको छ । रेणुकाको मारपिटमा दर्शन आफैं संलग्न रहेको प्रहरीको छानबिनको क्रममा खुलासा भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दरबार हत्याकाण्डको छानबिन गर्ने गृहमन्त्रीको प्रतिबद्धताप्रति ज्ञानेन्द्र शाहीको स्वागत
-
जीतपुरसिमरामा मापदण्डविपरीत सञ्चालित संस्थागत विद्यालयमाथि कारबाही सुरु
-
अनलाइनमार्फत यौनजन्य गतिविधि गरेको आरोपमा १६ जना पक्राउ
-
२० किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम
-
राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने
-
शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण