चाडपर्वमा पशुलाई चिल्लो खानेकुरा दिँदा पेट ढाडिने समस्या हुन्छ : नार्क
बुधबार, १४ कात्तिक २०८१, १४ : ५९

काठमाडौँ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले चाडपर्वमा बढी भएको चिल्लो खानेकुराहरू पशुलाई दिँदा पेट ढाडिने समस्या हुने जनाएको छ ।
नार्कले एक सूचना जारी गर्दै चाडपर्वमा बढी भएको चिल्लो खानेकुराहरू पशुलाई दिँदा पेट ढाडिने समस्या हुनसक्ने जनाएको हो । त्यस्ता खानेकुरा पशुलाई सकभर नदिन र दिनैपरेमा राम्ररी पकाएर घाँस, पराल २ भाग र उक्त चिल्लो खानेकुरा १ भागको अनुपात मिलाएर खुवाउन सुझाएको छ ।
यस्तै, पशुवस्तुलाई खुवाउने पराल र दानालाई सफा र ओभानो ठाउँमा भण्डारण गर्नुका साथै चिसो ठाउँमा भण्डारण गरेको दानामा ढुसीको संक्रमण हुन सक्ने जनाएको छ । ढुसीको संक्रमण भएको दाना वा पराल पशुवस्तुको पाचनक्रियामा समस्या आउनुका साथै विष उत्पन्न भई पशुवस्तु मर्न सक्ने नार्कले उल्लेख गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अख्तियार र सीआईबीको कर्मचारी भन्दै ठगी गरेको आरोपमा युवक पक्राउ
-
‘ट्रेडमार्क र पेटेन्टको मुद्दामा आउने विवादबारे सरकारले विशेष कानुनी व्यवस्था गर्नुपर्छ’
-
आउ, सँगसँगै शिक्षक आन्दोलनमा जाऔँ
-
कलैयाको योगशिला अस्पताल बन्द गर्न मुख्यमन्त्रीको निर्देशन
-
पिटर र गियोङ्गमिन पार्कलाई एसिया ट्राइयाथलन कप उपाधि
-
स्याललाई हात्ती बनाएपछि