बुधबार, २६ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अन्तःशुल्क स्टिकर भ्रष्टाचार प्रकरण

निलम्बित मुख्यसचिवसहित १० जनाले सफाइ पाउँदा विकल र सफल किन भए दोषी ठहर ?

बुधबार, १४ कात्तिक २०८१, १९ : १२
बुधबार, १४ कात्तिक २०८१

काठमाडौँ । विशेष अदालतले निलम्बित मुख्यसचिव डा. वैकुण्ठ अर्यालसहित १० जनालाई सफाइ दिँदा सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल र निर्देशक सफल श्रेष्ठलाई दोषी ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीशहरू खुशीप्रसाद थारु र रितेन्द्र थापाको इजलासले तत्कालीन कार्यकारी निर्देशक र निर्देशकको मात्र संलग्नता देखिएको भन्दै अन्य सबैलाई सफाइ दिएको हो ।  

अन्तःशुल्क स्टिकरमा भएको भ्रष्टाचारमा अन्यको संलग्नता पुष्टि हुन नसकेको विशेषको फैसलामा उल्लेख छ । विशेषले यो विवादमा कात्तिक ५ गतेदेखि निरन्तर सुनुवाइ गर्दै बुधवार फैसला सुनाएको हो । यो फैसलापछि निलम्बित मुख्यसचिव अर्यालले भ्रष्टाचारको अभियोगबाट तत्कालका लागि भने उन्मुक्ति पाएका छन् । 

११ व्यक्ति र १ कम्पनीसहित १२ जनाविरुद्ध अन्तःशुल्क स्टिकर छपाइमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले   ३८ करोड ६७ लाख १७ हजार ६ सय ४० रुपैयाँको बिगो दाबी गर्दै मुद्दा दायर गरेको थियो ।

b

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप