बिहीबार, २७ मङ्सिर २०८१
ताजा लोकप्रिय

कार दुर्घटनामा एक जनाको मृत्यु, एक गम्भीर

बुधबार, १४ कात्तिक २०८१, २० : ४९
बुधबार, १४ कात्तिक २०८१

दाङ । राप्ती राजमार्गअन्तर्गत तुलसीपुरबाट अमेलियातर्फ जाँदै गरेको बा१६च ७६४३ नम्बरको कार लमही नगरपालिका–९ भञ्ज्याङको भिरबाट  खस्दा गम्भीर घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका–६ का ४५ वर्षीय  कर्णबहादुर थापाको आज लमही अस्पतालमा  उपचारका लागि पुर्याएलगत्तै अस्पतालले मृत घोषणा गरेको अस्पतालका प्रशासन प्रमुख हरि खनालले जानकारी दिए । सोही दुर्घटनामा परी गम्भीर घाइते भएका तुलसीपुर उपमहानगरपालिका–७ झुमरे चोक निवासी ३३ वर्षीय पूर्णबहादुर खत्रीको भने उपचार भइरहेको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक अनिल ठकुरीका अनुसार दुर्घटना भएलगत्तै इलाका प्रहरी कार्यालय अमेलियाका प्रहरी निरीक्षक भवानीप्रसाद धमलासहितले घाइतेको उद्धार गरी अस्पताल पठाएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप