मङ्गलबार, २५ मङ्सिर २०८१
ताजा लोकप्रिय

काठमाडौँ महानगरद्वारा उपविजेता नेपाली महिला टोलीलाई २५ लाख नगदसहित सम्मान

बुधबार, १४ कात्तिक २०८१, २२ : ५५
बुधबार, १४ कात्तिक २०८१

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले  साफ महिला च्याम्पियनसिपमा उपविजेता नेपाली महिला टोलीलाई २५ लाख नगदसहित सम्मान गरेको छ ।

बुधवार नै महानगरपालिकाका मेयर बालेन शाह र उपमेयर सुनिता डङ्गोलले उपविजेता महिला टोलीलाई २५ लाख नगदसहित सम्मान गरेका हुन् । 

आजै भएको खेलमा नेपाली महिला टोली बङ्गलादेशसँग २–१ गोल अन्तरले पराजित भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप