खाली पेटमा एक महिनासम्म घ्यू कुमारीको जुस पिउँदा के हुन्छ ?
काठमाडौं । एलोभेरा अर्थात् घ्यू कुमारी औषधीय गुणका लागि परिचित छ । यसको प्रयोग छाला र कपालका लागि मात्र नभएर स्वास्थ्यका लागि पनि निकै फाइदाजनक छ ।
यसको जुस तौल घटाउन र पाचन अनि मेटाबोलिज्म सुधार गर्न निकै लाभदायक छ । हरेक दिन घ्यू कुमारीको जुस पिउने मानिसको रोग प्रतिरोधात्मक क्षमता बलियो हुन्छ । दैनिक १ महिनासम्म घ्यू कुमारीको जुस सेवन गर्दा के फाइदा हुन्छ ? कसरी र कुन समयमा घ्यू कुमारीको जुस पिउनु बढी फाइदाजनक हुन्छ ? बुधबारको यस लेखमा हामी यसैबारे कुराकानी गर्नेछौं ।
कति दिनसम्म पिउनुपर्छ घ्यू कुमारीको जुस ?
दैनिक १ महिनासम्म एलोभेराको जुस पिउनु स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । यो जुस तपाईको स्वास्थ्यको लागि कत्तिको लाभदायक हुन्छ ? भन्ने कुरा यो जुस तपाईले कति मात्रामा र कसरी सेवन गरिरहनुभएको छ भन्नेमा भर पर्छ । तपाइँ पहिलो पटक घ्यू कुमारीको जुस सेवन गर्दै हुनुहुन्छ भने सुरुमा २ चम्चा मात्रै जुस पिउनुपर्छ । यसले आफ्नो शरीरमा कस्तो असर गरिरहेको छ थाहा पाएपछि मात्र यसको नियमित सेवन गर्नुपर्छ ।
कति बेला पिउनुपर्छ ?
बिहान खाली पेटमा घ्यू कुमारीको जुस पिउन सकिन्छ । कतिपयले त यसलाई खाना खाएपछि पनि सेवन गर्छन् । आफूलाई कस्तो र कुन समयमा उपयुक्त हुन्छ भन्ने कुरामा विशेष ध्यान दिनुपर्छ ।
कसरी पिउने ?
४ चम्चा घ्यू कुमारीको रसमा र ४ चम्चा पानी मिसाएर पिउनुहोस् । मानिसहरू घ्यू कुमारी र अमलाको जुस मिसाएर पनि पिउने गर्छन् । तपाईं पनि यसैगरी पिउँदै हुनु हुन्छ भने गिलासमा अमलाको तुलनामा दोब्बर मात्रामा घ्यू कुमारीको रस राख्नुहोस् । यसरी पिउनु बढी फाइदाजनक हुन्छ ।
एक महिनासम्म घ्यू कुमारीको जुस पिउँदाको फाइदा
पाचन सुधार गर्दछ
घ्यू कुमारीको जुसले पाचन प्रणाली सुधार्न मद्दत गर्छ । यसले पेट फुल्ने, एसिडिटी र कब्जियतजस्ता समस्याहरूलाई कम गर्छ र आन्द्रा सफा गर्छ ।
छालालाई चम्किलो बनाउँछ
घ्यू कुमारीको एन्टिअक्सिडेन्ट गुणले छालालाई पोषण दिन्छ र यसलाई स्वस्थ राख्छ । यसको नियमित सेवनले छालामा निखार ल्याउँछ, डन्डीफोर, दाग–धब्बा कम हुन्छ अनि छालामा चमक आउँछ ।
डिटोक्सिफिकेशनमा सहयोगी
घ्यू कुमारीको जुसले शरीरमा भएका विषाक्त पदार्थलाई बाहिर निकाल्न मद्दत गर्छ । यसले कलेजो र मृगौलाबाट विषाक्त पदार्थहरू हटाउन सघाउँछ जसका कारण शरीरलाई सफा हुन्छ र ऊर्जा बढ्छ ।
तौल घटाउन सहयोगी
घ्यू कुमारीको जुसले मेटाबोलिज्म बढाउँछ र बोसो पघाल्न मद्दत गर्छ । नियमित रुपमा यसको जुस खाँदा तौल घटाउन सहयोग मिल्छ । तर यसका लागि तपाईले स्वस्थ आहार र नियमति व्यायाम पनि विशेष ध्यान दिनु पर्छ ।
रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
घ्यू कुमारीमा पाइने एन्टिअक्सिडेन्टले शरीरको प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ, जसले यसलाई संक्रमण र रोगसँग लड्न सक्षम बनाउँछ ।
मधुमेह नियन्त्रणमा सहयोगी
घ्यू कुमारीको जुसको नियमित सेवन गर्दा रगतमा चिनीको मात्रा नियन्त्रण गर्न मद्दत मिल्छ । यसले शरीरमा इन्सुलिन संवेदनशीलता बढाउँछ, जुन मधुमेह रोगीहरूको लागि लाभदायक हुन सक्छ ।
अस्वीकरणः यो सामग्री सामान्य जानकारीका लागि मात्रै दिइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘पाँचौँ आइवार्ट नेपाल छोटो चलचित्र प्रतियोगिता २०२४’ सम्पन्न
-
छेबाङ लामाको ‘एकोहोरो माया’ मा मिरुनाको अभिनय
-
पाकिस्तानमा बन्दुकधारीको आक्रमण, ६ सैनिकको मृत्यु
-
दक्षिण कोरियाका राष्ट्रपति यूनविरूद्धको महाभियोग प्रस्ताव विफल
-
सम्झौता मितिभन्दा सात महिनाअघि नै बन्यो पुल
-
१० बजे १० समाचार : कांग्रेसमा किचलोदेखि गोपाल हमाललाई मस्तिष्कघातसम्म