यसरी गर्नुहोस् कुकुर र लक्ष्मीकाे पूजा (सामाग्री र विधिसहित)
यमपञ्चक अन्तर्गत आज कुकुरलाई मिठा मिठा खानेकुरा दिएर, माला लगाएर कुकुरको पूजा गरिन्छ । शास्त्रमा कुकुरलाई यमराजको दूत तथा मानिसको सुरक्षाकर्मीको रूपमा हेरिन्छ । कुकुरको चर्चा धर्म शास्त्रमा पनि पटक पटक गरिएको छ । द्धापरपुगको अन्तमा महाभारतमा पाण्डवहरु स्वर्ग जाने बेलामा कुकुर पनि सँगै गएको चर्चा गरिएको छ । ऋग्वेदमा कुकुरले स्वर्गका राजा इन्द्रको हराएको वस्तु भेटाउन सहयोग गरेको कुरा उल्लेख गरिएको छ ।
कुकुरको पूजा गरिसकेपछि साँझमा धनधान्यकी देवी लक्ष्मीको विधि पूर्वक पूजा अर्चना गरिन्छ । शिवरात्रि, मोहरात्रि कालरात्रि भनिए झै आजको दिनलाई सुख रात्रि भनिन्छ । आजको दिन साँझमा दीपमालिका गर्ने अर्थात घरको वरिपरि दियो बालेर झिलिमिली पार्ने र रातमा लक्ष्मीको पूजा गरिन्छ । यस लेखमा लक्ष्मी पूजाको लागी आवश्यक सामाग्री तथा पूजा विधिको बारेमा चर्चा गरिएको छ ।
लक्ष्मी पूजाको आवश्यक पूजा सामाग्री
लक्ष्मीको फोटो वा प्रतिमा वा मूर्ति कुनै एक भए हुन्छ । गणेश भगवानको फोटो अर्थात सुपारी वा नरिवल, तामाको कलश, दियो बाल्नको लागि सोह्रसुते बति, तिलको तेल, केशरी वा श्रीखण्डको चन्दन, अबिर, केशरी, तिल, कपुर, धूप, शरस्यु ,अक्षता, जौ, जनै, सुपारी, फुलको माला, फुल, धागो, कलश र कलशको मुखमा राख्ने सामाग्रीहरू जस्तै पञ्चपल्लब (आप,पिपल, बर डुम्री समी) कलश सजाउने सामान जस्तै पञ्चरत्न, सप्तमृतिका, कलसमा बाध्नको लागी रातो, पहेलो कपडा,फलफूल, कटुस, बिमिरो, ओखर, नैवेद्यमा लड्डु, पानी भरिएको नरिवल,सेल, पान, सुपारी, अनार, सेता मिठाई,पञ्चामृत (दूध, दही, घिउ, मह, सख्खर) सौभाग्यका सामानहरू जस्तै रातो सल, रिबन, चुरा, ऐना, अत्तर, धागो, टिका र गाजल तयार परि रातको समयमा माता महालक्ष्मीको पूजा गर्नु पर्दछ ।
पूजा विधि
दायाँ हातमा जल लिएर बायाँ हातमा कुशबाट तयार पारिएको पवित्र धारण गरी आफूलाई र पूजा सामाग्रीलाई निम्न मन्त्रले जल छर्कनु पर्दछ ।
ॐ अपवित्रः पवित्रो वा सर्वावस्थां गतोऽपि वा ।
यः स्मरेत् पुण्डरीकाक्षं स बाह्याभ्यंतरः शुचिः ।।
माहालक्ष्मी वा कुनै देवी देवताको पूजा गर्दा आफूबस्ने आसन शुद्ध हुनु पर्दछ र आसनलाई निम्न मन्त्रद्वारा जल छर्कनु पर्दछ ।
ॐ पृथ्वी त्वया घता लोका देवि त्वं विष्णुना घृता ।
त्वं च धारय मां देवि पवित्रं कुरु च आसनम् ।।
दाहिने हातमा जल लिएर निम्न मत्रले आचमन गर्नुपर्दछ ।
ॐ केशवाय नमः स्वाहा,
ॐ नारायणाय नमः स्वाहा,
ॐ माधवाय नमः स्वाहा ।
निम्न मत्रले हात धुनु पर्दछ ।
ॐ गोविन्दाय नमः हस्तं प्रक्षालयामि ।
टपरीमा धान र धानमाथि टपरिमा चामल राखि दियो बाली निम्न मन्त्र पढि पूजा गर्नुपर्दछ ।
शुभं करोति कल्याणम् आरोग्यम् धनसम्पदा ।।
शत्रुबुद्धिविनाशाय दीपकाय नमोऽःतु ते ।।
दीपो ज्योति परं ब्रह्म दीपो ज्योतिर्जनार्दन ।।
दीपो हरतु मे पापं संध्यादीप नमोऽःतु ते ।।
दियोको पूजा गरिसकेपछि स्वस्ती वाचन निम्न मन्त्र पढि गर्नुपर्दर्छ ।
ॐ स्वस्ति न इंद्रो वृद्धश्रवाः स्वस्ति न पूषा विश्ववेदाः ।
स्वस्ति नस्ताक्ष्र्यो अरिष्ट्टनेमिः स्वस्ति नो बृहस्पतिद्र्दधातु ।।
द्यौः शान्तिरन्तरिक्ष गुं शान्तिः पृथिवी शान्तिरापः
शान्तिरोषधयः शान्तिः । वनस्पतयः शान्तिर्विश्वे देवा ।
शान्तिर्ब्रह्म शान्तिः सर्व गुं शान्तिः शान्तिरेव शान्तिः सा ।।
मा शान्तिरेधि । यतो यतः समीहसे ततो नोऽअरेभयं कुरु ।
शन्न कुरु प्राजाभ्योऽभयं नः पशुभ्यः । सुशान्तिर्भवतु ।।
पूजा सुरु गर्नुपुर्व माथि उल्लेख गरिएका पूजा सामाग्रीहरू व्यवस्थित साथ पूजा स्थलमा राख्नुपर्दछ । काठमाथि रातो कपडा बिछाई त्यो माथि माहालक्ष्मी र गणेश भगवानको मूर्ति वा फोटोलाई राख्नुपर्दछ । दाहिने हातमा जल, पुष्प, अक्षता र द्रव्य लिएर माहलक्ष्मी र अन्य भगवानको पूजाको संकल्प गर्नुपर्दछ ।
ॐ विष्णुर्विष्णुर्विष्णु : श्रीमद्भगवतो महापुरुषःय विष्णोराज्ञया प्रवर्तमानःय अद्य श्री ब्रह्मणोऽह्नि
द्वितीयेपरार्धे श्रीश्वेतवाराहकल्पे वैवःवतमन्वन्तरे अष्टाविंशतितमे कलियुगे कलि प्रथम चरणे
जम्बूद्वीपे भरतखंडे भरतवर्षे आर्यावर्तेक देशांतर्गत अमुक क्षैत्रे नगरे( आफु बसेको ठाउको नाम लिने) कालयुक्त नाम सम्बत्सरे दक्षिणायने शरद ऋतौ, महामांगल्यप्रद मासोत्तमे कार्तिकमासे, शुभ कृष्णपक्ष अमावस्यां शुभ पुण्य तिथौ, बिहीबासरे चित्रा नक्षत्रे कन्या तुलाराशि स्थिते चन्द्रमा तुला राशि स्थिते
सूर्य वृष रााशि स्थितेदेवगुरौ शैषेषु गृहेषु यथा यथा राशि स्थितेषु सत्सु एवं गृहगुणगण
विशेषण विशिष्ठायां शुभ पुण्यतिथौ अमुक गौत्र :(आफ्नो गोत्र उच्चारण गर्ने) अमुक नाम शमार्ऽहं वर्माऽहं गुप्तोऽहम्
दासोऽहम्ं (आफ्नो नाम उच्चारण गर्ने) मम अस्मिन प्रचलित व्यापा आयुरारोग्यैश्वर्याधभिवृद्धयर्थम् व्यापारे
उत्तरोत्तरलाभार्थम् च दीपावली महोत्सवे गणेश–अम्बिका–श्रीमहालक्ष्मी, महासरस्वती–महाकाली
लेखनीर मषीपात्र कुबेरादि देवानाम् पूजनम् च करिष्ये ।
गणेश तथा अम्बिका पूजा
हातमा अक्षता र फूल लिएर गणेशजीको निम्न मन्त्र मार्फत ध्यान गर्ने ।
गजाननं भूतगणादि सेवितं कपित्थ जम्बूफल चारुभक्षणम् ।
उमासुतं शोक विनाशकारकं नमामि विघ्नेश्वर पादपंकजम् ।।
श्री अंबिकाको ध्यान :
नमो देव्यै महादेव्यै शिवायै सततं नमः ।
नमः प्रकृत्यै भद्रायै प्रणताः स्मताम् ।।
श्रीगणेशाम्बिकाभ्यां नमः ध्यानं समर्पयामि ।
ध्यान गरिसकेपति गणेश भगवानलाई सुपारी अथवा अक्षता चडाएर नमस्कार गर्ने । पञ्चामृत चडाउने र पञ्चामृतले स्नान गराउने । शुद्ध चल चढाउने, बस्त्र चढाउने र बस्त्रमा चल चढाउने, अबिर, फलफूल, द्रव्य आदि समर्पण गर्नुपर्दछ र निम्न मन्त्र पढि धूप बाल्नु पर्दछ ।
राज्यं च वर्तिसंयुक्तं वह्निना योजतं मया ।
दीपं गृहाण देवेश त्रैलोक्यतिमिरापहम् ।।
ॐ भूर्भुवः स्व. गणेशाम्बिकाभ्यां नमः,
मालपुवा र अन्य मिठाईहरु अर्पण गर्नुपर्दछ ।
गणेश भगवानको पूजा गरिसकेपछि महालक्ष्मीको पूजा गर्नु पर्दछ । निम्न मन्त्रको उच्चारण गरी ध्यान गर्नुपर्दछ ।
या सा पद्मासनस्था विप’लकटितटी पद्मपत्रायताक्ष
गम्भीरावर्तनाभिस्तनभरनमिता शुभ्रवस्त्रोत्तरीया .
या लक्ष्मीर्दिव्यरूपैर्मणिगणखचितैः स्नापिता हेमकुम्भैः
सा नित्यं पद्महस्ता मम वसतु गृहे स्र्वमांगल्ययुक्ता ।।
ॐ हिरण्यवर्णां हरिणीं सुवर्णरजतस्रजाम्
चंद्रां हिरण्मयीं लक्ष्मीं जातवेदो म आ वह ।।
ॐ महालक्ष्म्यै नमः, ध्यानार्थे पुष्पाणि समर्पयामि ।
ध्यान गरिसकेपछि क्रमैसँग आसनको रूपमा फुल अर्पण गर्नुपर्दछ । पाद्यं समर्पयामि पाद्य अर्पण गर्नु, हस्तयोरर्घ्यं समर्पयामि चन्दन मिश्रित जल देवीको हातमा चढाउनु, आचमनियं जल समर्पयामि जल चढाउनु, स्नानं समर्पयामि जलले स्थान गराउनु, दुध र शुद्ध जल अर्पण गर्नु , दधिस्नानान्ते शुद्धोदकस्नानं समर्पयामि । दहीले स्थान गराउनु र शुद्ध जलले स्नान गराउनु , घृतस्नानं समर्पयामि घिउले स्थान गरी शुद्ध जलले स्नान गराउनु, मधुस्नानं समर्पयामि मह स्नान गरी शुद्ध जलले स्नान गराउनु, सर्करास्नानं समर्पयामि सख्खरले स्थान गराई शुद्ध जलले स्नान गराउनु, पञ्चामृतस्नानं समर्पयामि पञ्चामृतले स्नान गराउनु, गन्दोदकस्नानं समर्पयामि चन्दनयूक्त जलले स्नान गराउनु , शुद्धोदकस्नानं समर्पयामि गंगाजलले स्नान गराउनु, बस्त्र समर्पयामि आचमनियं समर्पयामि बस्त्र चढाउनु र चल गडाउनु, उपवस्त्रं समर्पयामि उपवस्त्रं चडाएर जल चढाउनु, यज्ञोपवितं समर्पयामि जनै चढाउनु , आभुषण समर्पयामि आभुषण चढाउनु, गंन्ध समर्पयामि मिश्रित चन्दन चढाउनु,रक्तचन्दन समर्पयामि रक्त चन्दन चढाउनु, सिन्दुर समर्पयामि सिन्दुर चढाउनु , कुंकुमं समर्पयामि कुंकुर्म चढाउनु, पुष्पसारं च समर्पयामि ईत्र चढाउनु, अक्षतान समर्पयामि अक्षता चढाउनु , पुष्पमालां च समर्पयामि रातो फुल अर्पण गर्नु ,दुर्वांकुरान समर्पयामि दुवो अर्पण गर्नु ,
यसरी पूजा गरिसकेपछि निम्न मन्त्र उच्चारण गरी देवीको सम्पुर्ण अंग पूजा गर्नुपर्दछ ।
पैर पूजन– ॐ चपलायै नमः, पादौ पूजयामि.
जानु पूजन– ॐ चञ्चलायै नमः, जानुनी पूजयामि
कमर पूजन– ॐ कमलायै नमः, कटीं पूजयामि
नाभि पूजन– ॐ कात्यायन्यै नमः, नाभिं पूजयामि
जठर पूजन– ॐ जगन्मात्रे नमः, जठरं पूजयामि
वक्षस्थल पूजन – ॐ विश्ववल्लभायै नमः, वक्षः स्थलम्पूजयामि
हाथ पूजन– ॐ कमलवा;िन्यै नमः, हस्तौ पूजयामि
मुख पूजन– ॐ पद्माननायै नमः, मुखं पूजयामि
नेत्र पूजन– ॐ कमलपत्राक्ष्यै नमः, नेत्रे पूजयामि –
सिर पूजन– ॐ श्रियै नमः, शिरः पूजयामि
सर्वाङ्ग पूजन– ॐ महालक्ष्म्यै नमः, सर्वांग पूजयामि
अष्टसिद्धिपूजन निम्न मन्त्रको उच्चारण गरी सबै दिशाको पूजा गर्नु पर्दछ ।
पूर्व दिशा :– ॐ आद्यलक्ष्म्यै नमः’
आग्नेय कोण :– ॐ विद्यालक्ष्म्यै नमः’
दक्षिण दिशा :– ॐ सौभाग्यलक्ष्म्यै नमः’
नैऋत्त कोण :– ॐ अमृतलक्ष्म्यै नमः’
पश्चिम दिशा :– ॐ कामलक्ष्म्यै नमः’
वायव्य कोण :– ॐ सत्यलक्ष्म्यै नमः’
उत्तर दिशा :– ॐ भोगलक्ष्म्यै नमः’
ईशान कोण :– ॐ योगलक्ष्म्यै नमः’
धुपमाघ्रापयामी धुप अर्पण गर्नु, दीपं दर्शयामी दियो देखाएर हात धुनु, उपलब्ध फलफुल, ऋतु अनुसारका फल, ल्वाङ, सुकुमेल, इलाइची र अन्तमा महालक्ष्मी देवीलाई दक्षिण अर्पण गर्नुपर्दछ ।
आरती गर्नु
चक्षुर्दं सर्वलोकानां तिमिरस्य निवारणम् ।
आर्तिक्यं कल्पितं भक्त्या गृहाण पमेश्वरि ।।
ॐ महालक्ष्म्यै नमः, नीराजनं समर्पयामि ।
जल चढाएर हात धुनुपर्दछ ।
ॐ महालक्ष्म्यै नमः, प्रार्थनापूर्वकं नमस्कारम् समर्पयामि । प्राथना वा नमस्कार गर्नु ।
आफ्नो घर वा व्यापारिक प्रतिष्ठानको गेट वा प्रवेश गर्ने ढोकामा ॐ श्रीगणेशाय नमः वा स्वस्तिक चिन्ह वा शुभ–लाभ आदि मांगलिक एवं कल्याणकारी शब्द लेखेर फुल अक्षताले पूजा गर्नुपर्दछ ।
माहाकाली पूजा गर्नुपर्दछ । ॐ श्रीमहाकाल्यै नमः गन्ध, पुष्प, अक्षत, धूप, दीप न नैवेद्य भगवती महाकाली
को पूजा गरी निम्न मन्त्रद्धारा प्राथना गरी फुल अर्पण गर्नुपर्दछ ।
कालिके! त्वं जगन्मातः मसिरूपेण वर्तसे ।
उत्पन्ना त्वं च लोकानां व्यवहारप्रसिद्धये ।।
या कालिका रोगहरा सुवन्द्या भक्तैः समस्तैव्र्यवहराद क्षैः ।
जनैर्जनानां भयहारिणी च सा लोकमाता मम सौख्यदास्तु ।।
आफूले प्रयोग गर्ने वा लेख्ने कलमलाई फुल अक्षता तथा वैवेद्य चडाई निम्न पन्त्रले पूजा गर्नु पर्दछ ।
लेखनी निर्मिता पूर्वं ब्रह्मणा परमेष्ठिना ।
लोकानां च हितार्थाय तस्मात्तां पूजयाम्यहम् ।।
आफूले लेख्ने बहिखाता वा डे बुकमा स्वस्तिक चिन्ह बनाएर बेशार, धनिया ,कमलगट्टा,अक्षता, दुवो राखेर निम्न मन्त्रद्धारा ध्यान गर्नुपर्दर्छ ।
या कुन्देन्दुतुषारहार धवला या शुभ्रवस्त्रावृता ।
या वीणावरदण्डमण्डितकरा या श्वेतपद्यासना ।।
या ब्रह्माच्युतशंकराप्रभृतिभिर्देवेः सदा वन्दिता ।
सा मां पातु सरस्वती भगवती निःशेषजाड्यापहा ।।
र गन्ध, पुष्प, धुप, दीप र नैवेद्यद्धारा पूजा गर्नुपर्दछ ।
’ॐ वीणापुस्तक धारिण्यै श्री सरस्वत्यै नमः
घर वा व्यापारिक प्रतिष्ठानमा पैसा राख्ने गल्ला वा तिजोरीमा स्वस्तिक चिन्ह बनाई वा शुभ लाभ लेखी फुल, अक्षता, चन्दनले निम्न मन्त्रद्धारा पूजा गरी दक्षिण अर्पण गर्नुपर्दछ ।
आवाहयामि देव त्वामिहायाहि कृपां कुरु ।
कोशं वर्द्धय नित्यं त्वं परिरक्ष सुरेश्र्वर ।।
’ॐ कुबेराय नमः धनका देवता कुवेरको धुप दिन अक्षता र नैवेद्य अर्पण गरी पूजा गर्नुपर्दछ ।
दीपमालिका पूजन
एक थालीमा एघार, एक्काई वा बढि दिपक प्रज्वलित गरी महालक्ष्मीको छेवैमा राखी निम्न मन्त्रले प्राथना गर्नुपर्दछ ।
त्वं ज्योतिस्त्वं रविश्चन्द्रो विद्युदग्निश्च तारका ः ।
सर्वेषां ज्योतिषां ज्योतिर्दीपावल्यै नमो नमः ।।
ॐ दीपावल्यै नमः उच्चारण गरी पूजा सामाग्रीले पूजा गरी दक्षिणा अर्पण गर्नुपर्दछ ।
महालक्ष्मी महाआरती
ॐ जय लक्ष्मी माता, मैया जय लक्ष्मी माता .
तुमको निस दिन सेवत हर–विष्णु–धाता ।। ॐ जय....
उच्चारण गरी आरतीमा जल अर्पण गरी आफूले आरती ग्रहण गर्नुपर्दछ र पूजामा उपस्थित सबैलाई आरती ग्रहण गराउनु पर्दछ ।
मन्त्र पुष्पांञ्जली
ॐ महालक्ष्म्यै नमः, मंत्रपुष्पांजलिं समर्पयामि ।
हातमा लिएको फूल महालक्ष्मीलाई अर्पण गर्नुपर्दछ ।
प्रदक्षिणा गरी साष्टांग प्रणाम गर्नुपर्दछ र मबाट पूजा गर्ने सवालमा कुनै गल्ती भएको छ भने दुवै हात जोडी माफी माग्नु पर्दछ । लक्ष्मीलाई अन्तमा जल चडाई बिसर्जन गर्नु पर्दछ । उपस्थित सबैलाई महालक्ष्मीको प्रसाद ग्रहणको लागी बाँड्नु पर्दछ ।
र अन्तमा आफूले मान्ने सबै प्रतिष्ठित देवताहरूलाई अक्षता, फूल तथा नैवेद्य अर्पण गरी निम्न मन्त्र उच्चारण गरी विसर्जन गर्नु पर्दछ ।
यान्तु देवगणाः सर्वे पूजामादाय मामकीम् ।
इष्टकामसमृद्धयर्थ पुनर्अपि पुनरागमनाय च ।।
कायेन वाचा मनसेन्द्रियैर्वा बुद्ध्यात्मना वा प्रकृस्विभावात् ।
करोमि यद्यत्सकलं परस्मै नारायणयेति समर्पयामि ।।
हरिः ॐ तत्सत्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होम्स शहर पूर्ण कब्जामा रहेको सिरियाली विद्रोही समूहको दावी, दमास्कसमा भयको वातावरण
-
पश्चिमी न्यून चापीय प्रणालीले मौसम बदली, तापक्रम घटेर कठ्याङ्ग्रिने जाडो हुने
-
यस्तो छ आज विदेशी मुद्रा किनबेचका लागि तोकिएको दर
-
शेयर बजार र अन्य क्षेत्रमा लगानी गर्दै हुनुहुन्छ, कस्तो छ राशिफल हेर्नुहोस्
-
फर्ममा फर्कियो रियाल मड्रिड
-
‘नेपालगञ्ज म्याराथन’को उपाधि खडक र सन्तोषीलाई