बुधबार, २६ मङ्सिर २०८१
ताजा लोकप्रिय

टिपर दुर्घटना हुँदा २ जनाको मृत्यु

बिहीबार, १५ कात्तिक २०८१, ०९ : १०
बिहीबार, १५ कात्तिक २०८१

काठमाडाैँ । सङ्खुवासभा मकालु गाउँपालिका ५ फाक्सिन्दा दोभान स्थित निर्माणाधिन ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत आयोजनाको  काम गरी फर्किने क्रममा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । 

हिजो साँझ ७ बजे भएको सो दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा भारतीय नागरिक शैलेन्द्र प्रताप सिंह र सारुक महमद रहेका छन् ।  

भारतीय नागरिक  ईश्वर पासवान, योगेन्द्र पालको शरीरका विभिन्न भागमा चोटपटक लागेकोले अस्पतालमा उपचार भइरहेको नेपाल प्रहरीले जानकारी दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप