सोमबार, १९ कात्तिक २०८१
ताजा लोकप्रिय

खेल, राजनीति र युद्ध सामूहिकताले चल्छन् : बाबुराम

बिहीबार, १५ कात्तिक २०८१, ०९ : २८
बिहीबार, १५ कात्तिक २०८१

काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा बाबुराम भट्टराईले खेल, राजनीति र युद्ध सामूहिकताले चल्ने बताएका छन् । साफ महिला फुटबलको फाइनल खेलप्रति प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् । 

उनी भन्छन्–'आफ्नै घरेलु मैदानमा भएको दक्षिण एशियाली महिला फुटबल प्रतियोगिताको फाइनल खेलमा नेपालले हार्दा हामी सबैलाई नमिठो लागिरहेछ। भनिन्छ–हारेको सेनाले बढी सिक्छ। हामीले पनि सिक्नुपर्छ र अर्कोचोटि जित्ने कोसिस गर्नुपर्छ।'

उनी थप भन्छन्– 'मेरो विचारमा हामीले हार्नु र बङ्गलादेशले जित्नुमा, अरू कुराहरूका अतिरिक्त, मुख्य रूपमा हाम्रो भन्दा उनीहरूको राम्रो टिम वर्क अर्थात सामूहिक कर्म हो। निजी रूपमा त हाम्रा फरवार्ड–स्ट्राइकर, गोलकिपर लगायतका खेलाडी बेजोड देखिन्थे !'

सबैतिर हिरो–हिरोइन पूजा गर्नु सट्टा टिम–संस्था निर्माणमा ध्यान दिन पनि उनले सुझाव दिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप