बुधबार, २६ मङ्सिर २०८१
ताजा लोकप्रिय

पोखरा महानगरमा मङ्सिर १ देखि बिदा हुने करार कर्मचारी को को हुन् ?

बिहीबार, १५ कात्तिक २०८१, १२ : ५९
बिहीबार, १५ कात्तिक २०८१

पोखरा । नेपाली कांग्रेसका वडाध्यक्ष र नगरसभा सदस्यहरूको दबाबले अन्ततः पोखरा महानगरका करार कर्मचारी बिदा हुने भएका छन् । पहिलो चरणमा २८ जना प्राविधिक कर्मचारीहरूलाई बिदा गर्ने निर्णय कार्यपालिका बैठकले गरेको हो । उनीहरूको पदमा प्रदेश लोकसेवा आयोगबाट स्थायी कर्मचारीले नियुक्ति लिइसकेका कारण करार कर्मचारी हटाउन लागिएको महानगरले जनाएको छ । 

बिहीबार बिहान बसेको आकस्मिक कार्यपालिका बैठकले उनीहरूलाई चालू आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म तलब र चाडपर्व खर्च दिएर बिदा गर्ने निर्णय भएको वडाध्यक्ष नरेन्द्र थापाले जानकारी दिए । उनका अनुसार यसरी बिदा हुने कर्मचारीमा १० जना इन्जिनियर र १८ जना सब इन्जिनियर छ । 

सोही बैठकले ५ जना शिक्षिका र २ जना सामाजिक परिचालिकालाई पनि बिदा गर्ने निर्णय गरेको छ । उनीहरूलाई कार्यालय सहयोगी पदमा काम गर्न मन्जुरी भए पुससम्म राख्ने नभए हटाउने निर्णय गरिएको हो । बैठकले रिक्त रहेका पदहरूमा स्थायी पदपूर्तिका लागि लोकसेवा आयोगमा लेखी पठाउने निर्णय गरेको छ । 

नेपाली काँग्रेसतर्फका जनप्रतिनिधिहरूले करार कर्मचारी हटाउनुपर्ने भन्दै मेयर धनराज आचार्यलाई दबाब दिँदै आएका थिए भने एमाले तर्फका जनप्रतिनिधिहरू हटाउन नहुने अडानमा थिए । कांग्रेसले १ साताअघि मेयर आचार्यलाई ज्ञापनपत्र बुझाउँदै १ साताभित्र करार कर्मचारी नहटाए महानगरमा ताला लगाउने चेतावनी दिएको थियो । 

उक्त अल्टिमेटम बुधबार नै सकिएको थियो । काँग्रेस तर्फका जनप्रतिनिधिहरू ताला लिएर महानगर गएपछि मेयर आचार्यले आकस्मिक रुपमा बिहीबारको बैठक डाकेका हुन् । एमालेले भने बैठक बहिष्कार गरेको छ । दलका उपनेता तथा कार्यपालिका सदस्य निर्मल दियाली बिहानै महानगर आएपनि बैठक सुरु हुनुअघि नै निस्किएका थिए । महानगरका सूचना अधिकारी कृष्ण तिवारीका अनुसार करारका कर्मचारीहरूको म्याद थप नभएका कारण तलब र अन्य सुविधा पनि पाएका छैनन् । 

यस्तै, अन्य करारका कर्मचारीलाई पनि पुस मसान्तसम्म म्याद थप्ने निर्णय कार्यपालिकाले गरेको छ । जनप्रतिनिधि र कर्मचारीले नेतृत्व गरेका समयमा पनि आफु निकट कर्मचारीहरू प्राविधिक पदमा भर्ना गरेर अन्य काममा लगाइएको छ । हालका मेयर आचार्यले पनि हालसम्म १९ जना करारका कर्मचारी भर्ती गरेका छन् । 

कार्यपालिका बैठकको निर्णय अनुसार बिदा हुने कर्मचारीहरूको सूची यस्तो छ: 

१. ध्रुव भट्टराई

२. भुवनेश्वर तिमिल्सिना

३. रामजी प्रसाद त्रिपाठी

४. रवीन्द्र गोदार

५. आशिष मल्ल

६. विकास सुवेदी

७. विमल आचार्य

८. विक्रम भट्टराई

९. राजकुमारी थापा 

१०. सुदीप दवाडी

११. अनिलप्रसाद आचार्य 

१२. प्रकाश वाग्ले

१३. फातुमा खातुन

१४. शारदा गिरी

१५. विक्रम तिमिल्सिना

१६. दर्पण पोखरेल 

१७. अमृत कोइराला 

१८. सुन्दर पौडेल 

१९. गोविन्द आचार्य 

२०. संकल्प ढुंगाना

२१. सन्तोष जिसी

२२. प्रशान्त बराल 

२३. सरोज आचार्य 

२४. मोहन सिग्देल

२५. सतिश पौडेल 

२६. विनोद बास्तोला 

२७. रविन्द्रनाथ ओझा 

२८. इश्वर तिमिल्सिना

शिक्षिकाहरू 

१‍. लक्ष्मी अधिकारी 

२. सरस्वती पौडेल 

३. पार्वती केसी

४. होममाया भुजेल

५. रेनुका गुरुङ

सामाजिक परिचालिका 

१. सविता विश्वकर्मा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप