१० बजे, १० समाचार
आज मिति २०८१ साल कात्तिक महिनाको १५ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ–
१. लक्ष्मीपूजा गरियो
कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने हिन्दुहरूको दोस्रो ठुलो चाड यमपञ्चक अर्थात् तिहारअन्तर्गत बिहीबार लक्ष्मी पूजा गरिएको छ । बिहीबार साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा गरिएको हो ।
२. कुकुर तिहार पनि आजै
तिहार अन्तरगत बिहीबार नै कुकुर तिहार पनि मनाइएको छ । कुकर तिहारको अवसरमा नेपाल प्रहरीले अपराध अनुसन्धानमा प्रयोग हुँदै आएका तालिमप्राप्त कुकुरहरूको पूजा गरेको छ ।
३. अलमलमा एकीकृत समाजवादीमा कार्यविभाजन
नेकपा एकीकृत समाजवादीका नेताहरूको कार्यविभाजन तिहारअघि नहुने भएको छ । नेताहरूको कार्यविभाजनका लागि गठित कार्यदलको दिनहुँ जसो बैठक बसे पनि कार्यविभाजन गर्न पार्टीले अलमल गरेको हो ।
असारमा दसौँ राष्ट्रिय महाधिवेशन गरेको सो पार्टीले चार महिनासम्म पनि विभिन्न विभाग, प्रदेश, जिल्ला र जनवर्गीय संगठनको इन्चार्ज तोक्न महिनौँ लगाउँदा नेता–कार्यकर्ताहरूले नेतृत्वको कार्यशैलीमाथि नै प्रश्न उठाइरहेका छन् ।
४. महसुल विवाद
ट्रंक तथा डेडिकेटेड महसुल विवादबारे ऊर्जा क्षेत्रका दुई निकायले एकैदिन महत्त्वपूर्ण निर्णय गरेका छन् । विद्युत् नियमन आयोग र नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले बुधबार महसुल विवादमा प्राधिकरण व्यवस्थापन र उद्योगी दुवै पक्षलाई ‘विन विन’ हुनेगरी मध्यमार्गी निर्णय गरेका हुन् ।
विद्युत् महसुल विवादमा एकैदिन दुई निकायको ‘मध्यमार्गी’ निर्णय
५. रविको तिहार हिरासतमै
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्न दिइएको म्याद आजबाट सकिएको छ । कास्की जिल्ला अदालतले गत बिहीबार उनीमाथिको अनुसन्धानका लागि थप ७ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको थियो ।
अर्थात् प्रहरीले रविलाई कात्तिक १४ गतेसम्म हिरासतमा राख्न अनुमति पाएको थियो । तर, आजदेखि तिहार बिदा सुरु हुने भएकाले उनलाई सात दिने म्याद सकिएलगत्तै प्रहरीले अदालतमा उपस्थित गराउन नमिल्ने भएको छ । यससँगै उनको तिहार हिरासतमै बित्ने भएको छ ।
६. पुरस्कार घोषणा
प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली टोलीलाई नेपाल सरकारले तिहारको बिदालगत्तै पुरस्कार प्रदान गर्ने घोषणा गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार राष्ट्रिय टोलीका महिला फुटबल खेलाडीसँगको भेटघाटका क्रममा प्रधानमन्त्री ओलीले खेल क्षेत्रको विकास र खेलाडीलाई प्रोत्साहनमा कुनै कन्जुस्याइँ नगर्ने स्पष्ट गर्दै तिहारलगत्तै पुरस्कार प्रदान गर्ने जानकारी गराएका हुन् । उक्त खेलमा दोस्रो भएको नेपाली टोलीका खेलाडीले जनही रु तीन लाखका दरले पुरस्कार पाउनेछन् ।
७. डिजेलको मूल्य घट्यो
डिजेल र मट्टितेलको मूल्य घटेको छ । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागु हुनेगरी प्रतिलिटर एक रुपैयाँले मूल्य घटाएको हो ।
८. बागमती सरकारको १०० दिन
बागमती प्रदेश सरकार गठनको १०० दिन पूरा हुने चरणमा छ । कात्तिक १६ गते प्रदेश सरकार गठनको १०० दिन पूरा हुँदैछ । गत साउन ९ मा मुख्यमन्त्री बहादुर सिंह लामाको नेतृत्वमा कांग्रेस र एमालेसहितको गठबन्धन मिलेर सरकार गठन भएको हो ।
९. रकमान्तर
दुई महिनामा २ अर्ब ३६ करोड रुपैयाँ रकमान्तर भएको छ । अर्थ मन्त्रालयको भदौ र असोजमा आधारित सहयोग, रकमान्तर र थप बजेट निकासासम्बन्धी विवरण अनुसार यो अवधिमा सो बराबरको रकम रकमान्तर भएको हो ।
यो अवधिमा २५ लाख आर्थिक सहायता तथा १७ करोड ७५ लाख रुपैयाँ बराबरको थप बजेट निकासा भएको मन्त्रालयको तथ्याङ्क छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसी मिलानलाई हराउँदै एटलान्टा शीर्षस्थानमा
-
सेल्टा भिगोले गर्यो हार सुधार, मलोर्कालाई रेड कार्डले डुबायो
-
इस्लामिक विद्रोहीहरु होम्स शहर छिर्नासाथ आफ्ना नागरिकलाई सिरिया छोड्न रुसको उर्दी
-
आफुलाई शीर्ष चारभित्रै सुरक्षित गर्ने दाउमा इन्टर
-
राष्ट्रपतिसहित उच्च पदस्थलाई बाँसको कुर्सी उपहार
-
काठमाडौं बसन्तपुरस्थित ओमवहालमा मध्यराती भएको आगलागी नियन्त्रणमा