बार्सिलोनामा बाढीका कारण उडानहरू रद्द, रेल सेवा ठप्प
मङ्गलबार, २० कात्तिक २०८१, ०९ : १६

बार्सिलोना । स्पेनको बार्सिलोना सहर सोमबार बाढीको चपेटामा परेको छ । स्पेनको मौसम विभागले बार्सिलोनाको क्याटानियालाई रेड अलर्टमा राखेको छ।
यस बाढीको प्रभाव स्पेनको दोस्रो ठुलो बार्सिलोना विमानस्थलमा पनि देखिएको छ । यसका कारण ८० उडान रद्द वा समय परिवर्तन गरिएको छ । उक्त क्षेत्रमा अहिले रेल सेवा बन्द गरिएको छ ।
गत हप्ताको सुरुमा स्पेनको भ्यालेन्सिया सहरमा भारी वर्षाका कारण कम्तीमा २१७ जनाको मृत्यु भएको थियो । त्यहाँको भूमिगत पार्किङमा फसेका मानिसहरूलाई बाढी राहतकर्मीहरूले खोजिरहेका छन्।
स्पेनमा बाढी आएपछि राहत कार्यलाई लिएर जनतामा चर्को आक्रोश छाएको छ । बाढीको चेतावनी राम्रो भएको भए यत्रो ठुलो क्षति हुनबाट जोगिन सक्ने पनि सर्वसाधारणको गुनासो छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजको तरकारी एवं फलफूलको मूल्यसूची
-
किसानलाई अनुदानमा स्याउको बिरुवा वितरण
-
प्रतिनिधिसभा बैठक बस्दै, के-के छन् कार्यसूची ?
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
नयाँ दिल्ली रेलवे स्टेसनमा भागदौड, १८ जनाको मृत्यु
-
सरकारको पुगेन क्षमता, अझै २२ लाख थान स्मार्ट लाइसेन्स छाप्न बाँकी