बार्सिलोनामा बाढीका कारण उडानहरू रद्द, रेल सेवा ठप्प
मङ्गलबार, २० कात्तिक २०८१, ०९ : १६
बार्सिलोना । स्पेनको बार्सिलोना सहर सोमबार बाढीको चपेटामा परेको छ । स्पेनको मौसम विभागले बार्सिलोनाको क्याटानियालाई रेड अलर्टमा राखेको छ।
यस बाढीको प्रभाव स्पेनको दोस्रो ठुलो बार्सिलोना विमानस्थलमा पनि देखिएको छ । यसका कारण ८० उडान रद्द वा समय परिवर्तन गरिएको छ । उक्त क्षेत्रमा अहिले रेल सेवा बन्द गरिएको छ ।
गत हप्ताको सुरुमा स्पेनको भ्यालेन्सिया सहरमा भारी वर्षाका कारण कम्तीमा २१७ जनाको मृत्यु भएको थियो । त्यहाँको भूमिगत पार्किङमा फसेका मानिसहरूलाई बाढी राहतकर्मीहरूले खोजिरहेका छन्।
स्पेनमा बाढी आएपछि राहत कार्यलाई लिएर जनतामा चर्को आक्रोश छाएको छ । बाढीको चेतावनी राम्रो भएको भए यत्रो ठुलो क्षति हुनबाट जोगिन सक्ने पनि सर्वसाधारणको गुनासो छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गैँडाको आक्रमणबाट एक जनाको मृत्यु
-
गैरआवासीय नेपालीलाई सरकारको १० वर्षे निःशुल्क भिसा निर्णयको विरोध
-
पोखरामा पाँचौँ टाइगर कप हुँदै, पुरस्कार राशि बढ्यो
-
हिउँदे अधिवेशनबाट शिक्षा ऐन पारित गराउन कांग्रेस महामन्त्रीलाई ध्यानाकर्षण
-
सुगरका बिरामीका लागि विष हुन् यी पाँच चिज
-
कम्युनिस्ट भनेर मात्र पनि हुँदो रहनेछ : माधव नेपाल