शुक्रबार, २१ मङ्सिर २०८१
ताजा लोकप्रिय

चक्रपाणि कथा प्रतियोगितामा जाजरकोटका शिवराज प्रथम

मङ्गलबार, २० कात्तिक २०८१, २३ : १६
मङ्गलबार, २० कात्तिक २०८१

भक्तपुर । चक्रपाणि राष्ट्रव्यापी खुला आधुनिक कथा प्रतियोगिता–२०८१ मा जाजरकोटका शिवराज शाही ठकुरी प्रथम भएका छन् । उनको ‘सन्तानको फोटो’ कथाले प्रथम पुरस्कार हात पारेको हो । 

चक्रपाणि स्मारक प्रतिष्ठानले मंगलबार सूर्यविनायक नगरपालिका–५ कटुञ्जेस्थित चक्रपाणिको जन्मस्थल चक्रपाणि स्मारकस्थलमा आयोजना गरेको उत्कृष्ट कथा पुरस्कार समारोहमा उत्कृष्ट कथाहरुका लागि कथाकारलाई पुरस्कार प्रदान गरिएको प्रतिष्ठानका अध्यक्ष राममणि ढुङ्गेलले जानकारी दिए ।

प्रतियोगितामा मध्यपुरथिमि नगरपालिका–१ लोहकिल्थली भक्तपुरका मनिषकुमार शर्मा ‘समित’ को ‘मैले नभित्र्याएकी बुहारी’ले दोस्रो र रुपक अलंकारको कथो ‘बङ्गाली बाबा’ले तृतीय पुरस्कार हात पारेको उनले बताए । 

प्रतियोगितामा प्रथम हुने कथाका लागि ३० हजार, दोस्रो हुने कथाका लागि २० हजार र तेस्रो हुने कथाका लागि १० हजार नगदसहित पुरस्कार प्रदान गरिएको छ । 
प्रकाश नेपालीको कथा ‘मेलम्ची कहिले सुक्छ सरकार’ र अनिता पन्थीको ‘जुगुप्सा’ कथाका लागि क्रमश रु पाँच हजारका दरले ‘आरुषी महर्जन’ गुणवत्ता पुरस्कार प्रदान गरिएको छ । कथा प्रतियोगितामा वरिष्ठ कवि शैलेन्द्र साकार, इस्माली र डा विन्दु शर्माले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

कार्यक्रममा जलस्रोत, सिमाविद् एवं पूर्वसचिव द्वारिकानाथ ढुङ्गेलले उत्कृष्ट कथा लेख्ने कथाकारहरुलाई पुरस्कार र वरिष्ठ समालोचक एवं साहित्यकार प्रा डा गोविन्दराज भट्टराईलाई चक्रपाणि स्मारक पुरस्कार प्रदान गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप