काठमाडौँको बसुन्धारा र सुन्दरीजलमा शव फेला
बुधबार, २१ कात्तिक २०८१, ११ : ३५
काठमाडौँ । काठमाडौँको बसुन्धारा र सुन्दरीजलमा शव भेटिएको छ । टोखा नगरपालिका–५ स्थित बसुन्धारामा ३१ वर्षीय कृष्ण पाण्डे मृत भेटिएका हुन् । सुनसरीको धरान घर भएका पाण्डे आफ्नै कोठामा मृत अवस्थामा भेटिएको र त्यसबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
त्यस्तै, गोकर्णेश्वर नगरपालिका–२ स्थित सुन्दरीजलमा ४५ वर्षीय सुरेश तामाङ मृत भेटिएका छन् । काभ्रे घर भएर सुन्दरीजलमा बस्ने तामाङ डेरामा मृत भेटिएका हुन् । प्रहरी वृत्त बौद्धले त्यसबारे अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीका २५ एसएसपीको पदस्थापन
-
प्रहरीका १७ एसपीको सरुवा, पर्सामा गौतम मिश्र
-
प्रहरीका १८ जना एसएसपीको सरुवा, काठमाडौँमा विश्व अधिकारी
-
जनप्रेम माविमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता
-
हर्क साम्पाङप्रति महेश बस्नेतको टिप्पणी : अख्तियारले बयानमा बोलाएपछि विछिप्त भए
-
१० बजे १० समाचार : राजेन्द्रलाई धवलको चुनौतीदेखि चुनावी लडाइँमा क्रान्तिकारीसम्म