ठगीको अभियोगमा पक्राउ परेका डुम्रेलाई काठमाडौँ पठाइयो

बुटवल । ठगी अभियोगमा पक्राउ पुर्जी जारी भएका नीलकण्ठ (राजु) डुम्रेलाई बुटवल प्रहरीले पक्राउ गरेर काठमाडौँ पठाएको छ। रुपन्देहीको सैनामैना नगरपालिका बसोबास गर्दै आएका डुम्रेलाई बुटवल बसपार्कबाट पक्राउ गरेर काठमाडौँ पठाएको हो ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले ठगी आरोपमा पुर्जी जारी भएका डुम्रेलाई पक्राउ गरेर अपराध अनुसन्धान महाशाखामा काठमाडौँ पठाएको रातोपाटीलाई बताए।
उनले काठमाडौँ आएको पत्र आधार पक्राउ गरेर अनुसन्धानको लागि उतै पठाएको विस्तृत जनाकारी नभएको बताए । स्रोतका अनुसार वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिहरूबाट पैसा उठाएर ठगी गरेको उजुरीका आधारमा डुम्रे विरुद्ध ठगी अभियोगमा मुद्दा परेको थियो ।
उनले रुपन्देहीमा घर जग्गा कारोबार समेत गर्ने गरेका थिए । स्रोत अनुसार उनलाई पक्राउ गर्न प्रहरीले दसैँको बेलामा समेत प्रयास गरेको थियो । तर उनले प्रहरी आएको सुइँको पाएपछि घरबाट त्यो बेला भाग्न सफल भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अफ्रिकन स्वाइन फिभरले भटाभट बङ्गुर मरेपछि ओसारपसारमा रोक
-
रातोपाटी ब्रिफिङ : ६ महिनाको अवधिमा सरकारको काम जम्मा ४.२ प्रतिशतदेखि यूएईले पाँच हजार नेपाली घरेलु कामदार लैजानेसम्म
-
दिल्लीको मुख्यमन्त्रीमा महिला, रेखा गुप्ता बनिन् दलको नेता
-
ट्रम्पले भने– हामीले युक्रेनलाई अर्बौं डलर दियौँ, बदलामा केही पाएनौँ
-
‘विद्यार्थी विदेश जाने अवस्था अन्त्य हुनुपर्छ’
-
झलनाथ खनालको आक्रोश : यस्तो तरिकाले पार्टी चल्दैन, जनसङ्गठन पनि चल्दैनन्