शनिबार, २२ मङ्सिर २०८१
ताजा लोकप्रिय

कमलाले चुनाव हारेपछि बाइडेनले भने, 'हाम्रो लोकतान्त्रिक प्रणाली निष्पक्ष छ'

शुक्रबार, २३ कात्तिक २०८१, ०० : ३१
शुक्रबार, २३ कात्तिक २०८१

वासिङ्टन डीसी । चुनावी नतिजापछि अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार राष्ट्रका नाममा सम्बोधन गरेका छन् ।

उनले सम्बोधनका क्रममा अमेरिकाको लोकतान्त्रिक प्रणाली निष्पक्ष रहेको दाबी गरे । 

आफ्नो कार्यकाल सकिन ७४ दिन बाँकी रहेकोमा राष्ट्रपति बाइडेनले आफूले शान्तिपूर्णरुपमा सत्ता हस्तान्तरण गरेर विदा हुन चाहेको बताए ।

उनले भने, 'हाम्रो लोकतान्त्रिक प्रणाली निष्पक्ष छ। देशले जे चाहान्छ, यहाँको नेतृत्व उसैले गर्छ ।'

राष्ट्रपति बाइडेनले चुनावमा पराजय भएपनि उपराष्ट्रपति कमला ह्यारिसको प्रशंसा गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप

छुटाउनुभयो कि ?