‘नेसनल किड्स अफ द इयर’का विजेता उडे थाइल्यान्ड
काठमाडौँ । ‘नेसनल किड्स अफ द इयर २०२४’का विजेता नभ्नी उलक, निशान उलक, केरिङ दोङ र प्रणय मानन्धर थाइल्यान्ड उडेका छन् । बैंककमा यही आउँदो नोभेम्बर ९ देखि १८ सम्म आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘हेरिटेज प्याजेन्टस् २०२४’ मा हेरिटेज जेम्स विधामा नेपालको प्रतिनिधित्व गर्न उनीहरू शुक्रवार बिहान थाइल्यान्ड उडेका हुन् ।
‘नेसनल किड्स अफ द इयर २०२४’ इभेन्ट बेटर ग्यालेक्सीकै आयोजनामा केही अगाडि सम्पन्न भएको थियो । इभेन्ट बेटर ग्यालेक्सीकैमा प्रमुख धिरज तण्डुकार हेरिटेज जेम्स विधाका लागि नेसनल डाइरेक्टरका रुपमा समेत रहेका छन् ।
थाइल्यान्ड उड्नु अगाडि बालबालिकाले रक्षा मन्त्री मानवीर राईलाई भेटेका थिए । भेटमा राईले बालबालिकाहरूलाई जितको शुभकामना व्यक्त गर्दै आ–आफ्नो प्रस्तुतिबाट नेपाल र नेपालीको शान र गौरवलाई अझ उच्च बनाउन हौसला प्रदान गरेका थिए । मन्त्री राईसँगको भेटघाटमा हेरिटेज प्याजेन्टस् २०२४ अन्तर्गत सोही प्रतियोगिताका शो निर्देशक एवं अन्तर्राष्ट्रिय फेसन कोरियोग्राफर रोजिन शाक्य, नृत्य निर्देशक लिजा श्रेष्ठ इभेन्ट बेटर ग्यालेक्सीकै धिरज तण्डुकारको नेतृत्वमा थाइल्यान्ड उडेका हुन् ।
सहभागी बालबालिकामध्ये क्यारिङ दोङ नेसनल किड्स अफ द इयरका सिनियर तर्फका विजेता हुन् । निशान उलक फस्ट रनर अप हुन् भने प्रणय मानन्धर जुनियर तर्फका विजेता हुन् । नभ्नी भने सिनियरतर्फका मोस्ट डिसिप्लिन उपाधि विजेता हुन् । हेरिटेज प्याजेन्टस् २०२४ मा सहभागी हुने नेपाली बालबालिकाहरूको विभिन्न प्रस्तुतिका ड्रेसहरू भने कुसम क्रिएसन, मेराकी बुटिक, ला बेला क्रिएसन, मध्यपुर ड्रेस हायर सेन्टरले तयार पारेका छन् ।
ट्यालेन्ट राउन्डको लागि तयारी निर्देशक लिजा श्रेष्ठले गराएकी हुन् भने प्रतियोगिताको लागि समग्र प्रस्तुतिका लागि फेसन कोरियोग्राफर रोजिन शाक्यले प्रशिक्षण दिएका थिए । सहभागीहरूको फोटो तथा भिडियो सेसन मोमेन्टो स्टुडियोले सम्हालेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैज्ञानिकले बनाए एचआईभीविरुद्धको खोप, ९६ प्रतिशतसम्म प्रभावकारी
-
जाजरकोटमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु
-
एनपीएलमा आज : पोखरा र विराटनगर तथा जनकपुर र काठमाण्डु भिड्दै
-
बक्स अफिसमा धमाधम पैसा छाप्दै पुष्पा २, सातौँ दिनमा कति कमायो ?
-
जाडोमा किन फ्रिज अफ गर्नुहुँदैन, जान्नुहोस् प्रयोग गर्ने सही तरिका
-
काठमाडौँ उपत्यकामा चिसो बढ्यो, कति छ न्यूनतम तापक्रम ?