आइतबार, २३ मङ्सिर २०८१
ताजा लोकप्रिय

इजरायली सैनिक शिविरमा २४ घण्टामा दोस्रो पटक आक्रमण गरेको दावी

शुक्रबार, २३ कात्तिक २०८१, २१ : २६
शुक्रबार, २३ कात्तिक २०८१

बेरुत । हिजबुल्लाहले इजरायली सहर हाइफा नजिकैको नौसैनिक अड्डालाई लक्षित गरी २४ घण्टाभन्दा कम समयमा दोस्रो पटक आक्रमण  गरेको दावी गरेको छ। 
 
इरान समर्थित उक्त लेबनानी समूहले इजरायलले गरेको आक्रमण र नरसंहारको जवाफमा हाइफाको उत्तरपश्चिममा रहेको ‘स्टेला मारिस’ नौसेना अड्डालाई लक्षित गरी छोटो समयमा दुई आक्रमण गरेको जनाएको छ । 

बयानमा, हिजबुल्लाहले  हाइफाको दक्षिणपूर्वमा रहेको रामत डेभिड एयरबेसलाई पनि मिसाइलले निशाना बनाएको दाबी गरेको छ ।

इजरायल लेबनानको हिजबुल्लाहसँग सेप्टेम्बरको अन्त्यदेखि कडा युद्धमा उत्रिदै गाजा पट्टीमा हमाससँगको लडँइमा उत्तरी सीमा सुरक्षित गर्नमा तल्लिन छ । इजरायलले उक्त क्षेत्रमा हवाई आक्रमणलाई बढाउँदै देशको दक्षिणमा सेना तैनाथ गरेको छ । 
 
गाजामा इजरायलसँग लडिरहेका हमास प्यालेस्टिनी लडाकुहरूको समर्थनमा काम गरिरहेका हिजबुल्लाहसँगको सीमापार द्वन्द्व सुरु भएको एक वर्षपछि इजरायलले आफ्नो उत्तरी क्षेत्रलाई सुरक्षा दिन थालेको हो । 

लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार सेप्टेम्बर २३ देखि लेबनानमा भएको युद्धमा दुई हजार ६०० भन्दा बढीको मृत्यु भइसकेको छ  ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप

छुटाउनुभयो कि ?