सोमबार, २४ मङ्सिर २०८१
ताजा लोकप्रिय

विपद् व्यवस्थापनबारे नेपाल चेम्बर र जपानी निकायबीच सहकार्य हुने

शनिबार, २४ कात्तिक २०८१, ०० : १३
शनिबार, २४ कात्तिक २०८१

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्स र जापानी निकायबीच विपद् व्यवस्थापनका लागि सहकार्य हुने भएको छ ।

भूकम्प, बाढी, पहिरो लगायतका विपद्जन्य घटनामा विपद् व्यवस्थापन प्रतिकार्य एवं राहत र उद्धार तथा पुर्नस्थापनाबारे सहकार्य गर्न चेम्बर र जपानको अर्वान रेजिलेन्स रिसर्च सेन्टर, ओसाका शहर, युरेक तथा इभा नेपाल संस्थाबीच सहकार्यको समझदारी भएको हो ।

काठमाडौँको जमलस्थित चेम्बर भवनमा शुक्रबार आयोजित कार्यक्रममा विपद् व्यवस्थापन पूर्वतयारीका लागि सहकार्य सुरु गर्ने जानकारी दिइयो । यसका लागि जापानको प्राविधिक सहयोग, एवं जनचेतनाका लागि सहकार्य गर्ने विषयमा समेत सहमति भएको छ ।

जोखिम पूर्वतयारी, तथा समग्र विपद् व्यवस्थापनका विषयमा स्थानीय स्तरमा नागरिकको प्रत्यक्ष सहभागिता हुने गरी कार्यक्रम सञ्चालन गर्न लागिएको चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले जानकारी दिए । प्राकृतिक प्रकोपबाट नागरिकले कष्ट पाइरहेका अवस्थामा जापानी संस्थासँगको सहकार्यमा विपद् व्यवस्थापन कार्यका लागि चेम्बरले पहल गरेको अध्यक्ष अग्रवालले बताए । 

चेम्बरका निर्वतमान अध्यक्ष राजेन्द्र मल्लले वास्तविक तथ्याङकको अभावमा पनि उद्धार राहत तथा पुर्नस्थापना कार्यमा प्रभावकारी परिणाम हासिल गर्न चुनौती रहेको बताए । जापानी निकायसँगको प्राविधिक सहकार्यमा बास्तविक लगत संकलन गर्न सकिने उनले बताए । 

अर्वान रेजिलेन्स रिर्सच सेन्टरका प्राध्यापक डा इकुटा एसुकेले विपद् व्यवस्थापन सम्वन्धी सम्पुर्ण कार्यक्रममा बढीभन्दा बढी जनसभागिता हुनुपर्नेमा जोड दिए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप