बागलुङ–पूर्वी रुकुम सडक कालोपत्र नहुँदा समस्या
बागलुङ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङ–पूर्वी रुकुम सडक अधुरै रहेको छ । निर्माण कम्पनीले लामो समयदेखि काम नगर्दा बागलुङको निसीखोला गाउँपालिका–६ पातीहाल्ने सिमानादेखि पूर्वी रुकुमको भूमे गाउँपालिका–१ रुपगासम्मको १३ किलोमिटर सडक निर्माण सम्पन्न हुन नसकेको हो ।
विसं २०७३ जेठमा उक्त सडक कालोपत्र गर्न सम्झौता भएको थियो । अहिलेसम्म ७० प्रतिशत मात्रै काम सकिएको मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय दैलेखका इन्जिनियर नवीन खरालले जानकारी दिए । विसं २०७६ जेठसम्म काम सम्पन्न गर्नुपर्ने थियो ।
इन्जिनियर खरालका अनुसार निर्माण कम्पनीको हालसम्म पाँचपटक म्याद थप गरिएको छ । अन्तिम पटक २०७९ भदौमा २०८० असारसम्मका लागि म्याद थप भए पनि त्यस यता निर्माण कम्पनीले काम नगरेको उनको भनाइ छ । म्याद सकिएको १६ महिनासम्म निर्माण कम्पनी काम गर्न नआएको इन्जिनियर खराल बताउछन् । सडक कालोपत्र गर्न रु ४२ करोड ९९ लाखमा सम्झौता भएको थियो ।
बागलुङ र लुकुम गाउँबीचको सडक कालोपत्र नहुँदा यात्रा गर्न समस्या हसने गरेको छ । सडक खाल्डाखुल्डी र साँघुरो हुँदा दुर्घटनाको जोखिम रहेको छ । सडक लामो समयसम्म कालोपत्र नहुँदा हिउँदमा धुलो र बर्खामा हिलोले आजित भएको भूमे गाउँपालिका–१ का पृथमान गुरुङले बताए। “यो सडक खुलेको धैरै वर्ष भयो, अहिलेसम्म कालोपत्र गर्न सकिएको छैन, धुलो र हिलोले वस्तुभाउ र मानिस बिरामी पर्ने गरेका छन्”, उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल आए राजवल्लभ, यस्तो छ कारण
-
अछामको ढकारीमा बाख्रा चराउन गएका दुई किशोरी मृत भेटिए
-
रास्वपाले बोलायो सचिवालय बैठक, सात विषय छलफलका एजेन्डा
-
सारी–कुर्था सुरुवालदेखि मोबाइलसम्म लिलाम बिक्री गर्न राजश्वको १५ दिने सूचना
-
डेउडा प्रतिष्ठान केन्द्रीय अध्यक्षमा डोटेली कान्छा
-
‘हाम्रो सिकाउने र विद्यार्थीले सिक्ने प्रणालीमै समस्या भयो’