ट्रम्पलाई बाइडेनको निम्तो, आगामी बुधबार भेटवार्ता हुने तय
आइतबार, २५ कात्तिक २०८१, ०१ : ००
वासीङ्टन डीसी । अमेरिकी राष्ट्रपति जो बाइडेन र भर्खरै राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पबीच आगामी बुधबार भेटवार्ता हुने भएको छ ।
शनिबार बाइडेनको निमन्त्रणामा ट्रम्पले बुधबार वाइट हाउसमा बाइडेनसँगको भेट पक्का गरेका हुन् । ट्रम्पले आधिकारिकरुपमा आगामी जनवरी २० देखि मात्रै राष्ट्रपतिको पदभार सम्हाल्नेछन् ।
'राष्ट्रपति बाइडेनको निमन्त्रणामा आगामी बुधबार हालै राष्ट्रपतिमा निर्वाचित ट्रम्पबीच भेटवार्ता हुने पक्का भएको छ,' वाइट हाउसले विज्ञप्तिमार्फत् भनेको छ ।
अघिल्लो निर्वाचनमा ट्रम्पलाई बाइडेनले नै पराजित गरेका थिए । यसपटक पनि बाइडेन नै चुनावी मैदानमा उत्रिने तयारीका बीचमा अन्तिममा डेमोक्रेटिक पार्टीका तर्फबाट वर्तमान उपराष्ट्रपति कमला ह्यारिसलाई अघि सारिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रका ९ इनार उत्खनन गरेर संरक्षण गरिने
-
रियाल बेटिससँगको बराबरीले बार्सिलोनालाई घाटा, शीर्षता गुम्दै
-
न्यूक्यासलविरुद्ध ब्रेन्टफोर्डको आक्रामक प्रदर्शन
-
शिविरले देखायो संसार : ११ वर्षपछि आँखा देख्न पाए दिदी-भाइले
-
ओल्ड ट्राफोर्डमा ३० वर्षपछि नटिङघमको पहिलो जित, म्यान्चेस्टर युनाइटेड स्तब्ध
-
फेरि हारबाट जोगियो म्यान्सिटी