रवि लामिछाने ज्युँदो छँदासम्म रास्वपाको सभापति हो
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रासवपा)का उपसभापति डीपी अर्यालले रवि लामिछाने ज्युँदो छँदासम्म पार्टी सभापति हुने बताएका छन् । पार्टीमा रविको विकल्पबारे बहस भइरहेका बेला उनले यस्तो बताएका हुन् ।
पोखरामा भएको प्रदर्शनलाई सम्बोधन गर्दै डीपीले भने, ‘म यही मञ्चबाट के भन्न चाहन्छु भने, राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि लामिछाने ज्युँदो रहँदासम्म रवि लामिछाने नै हो ।’
उनले रवि जेलमा पुगेपनि रास्वपाको नेतृत्व गर्ने बताए । ‘यसमा कसले कार्यवाहक सभापति पाउँछ पाउँदैन त्यो गौण कुरा हो,’ उनले भने, त्यसकारण यहाँहरूलाई विश्वस्त पार्न चाहन्छु, उहाँको सभापति पद उहाँ जहाँ बस्नुहुन्छ हिरासतमा रहनुहोला, जेलमा बसेपनि रास्वपाको सभापति रवि लामिछाने नै हो ।’
अर्यालले जेलमा बसेर पार्टी चलाएका संसारमा उदाहरण धेरै भएको भन्दै प्रधानमन्त्रीको कुर्सीमै रहेकाहरूले पनि जेलबाट देश चलाएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यनारायणको बार आज कसलाई कति फलदायी ? हेरौँ राशिफल
-
पहिलो ६ महिनामा गौर भन्सारद्वारा लक्ष्यको ८५ प्रतिशत राजस्व सङ्कलन
-
बुण्डेस लिगामा बायर्न म्युनिखलाई थप सफलता
-
ग्वार्डिवलाको म्यानचेस्टर सिटीले चेल्सीलाई हरायो
-
केवलकारको विषयलाई लिएर पाथीभरामा प्रहरी र आन्दोलनकारीबीच झडप, चार घाइते
-
ला लिगामा एटलेटिकोलाई फेरि धक्का