मुद्दा मिल्नेसँग एकता गर्ने रास्वपाको निष्कर्ष
बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लुम्बिनी प्रदेश समितिले मुद्दा मिल्नेसँग एकता गर्ने निष्कर्ष निकालेको छ । दुई दिन दाङमा बसेको रास्वपा लुम्बिनीको बैठकले मुद्दा मिल्नेहरूसँग एकता गरेर जान केन्द्रीय नेतृत्वलाई सुझाव दिएको छ ।
बैठकका राष्ट्रिय एकता, प्रत्यक्ष कार्यकारी जस्ता विषयमा मुद्दा मिल्ने दलहरूसँग सहकार्य गरेर जान सकिने सुझाव आएको लुम्बिनी प्रदेश सभापति देवराज पाठकले बताए ।
उनले पार्टी सभापति रवि लामिछानेमाथि अनुसन्धान चलिरहेको अवस्थामा पार्टीका कामलाई निरन्तरता दिन कार्यवाहक सभापति तोक्नुपर्ने विषयमा छलफल भएको बताए ।
उनले प्रदेशमा आएका विभिन्न विषयहरूबारे उपसभापति एवं केन्द्रीय आन्दोलन परिचालन समितिका संयोजक डीपी अर्याललाई पत्राचार गरेको बताए ।
उनले मुलुक निर्माण गर्नको लागि अहिले एक्कै भन्दा पनि विचार र मुद्दा मिल्ने वैकल्पिक शक्तिहरूसँग पार्टी एकीकरणका लागि वार्ता समिति बनाउन पनि सुझाव दिएका छन् ।
पार्टीलाई थप चलायमान बनाउनको लागि प्रदेश समितिले पूर्ण अधिकारसहितको महामन्त्री नियुक्त गर्न पनि पार्टीलाई सुझाव दिएको उनले बताए । उनले आन्दोलन सशक्त बनाउनको लागि पार्टीले सबै शक्ति प्रयोग गरेर अगाडि बढ्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
‘जुनाः एक व्यथा’को टिजर : बालविवाह तथा महिला हिंसाको कथा
-
प्रधानमन्त्री कप महिला क्रिकेट : उद्घाटन खेलमा सुदूरपश्चिम विजयी
-
क्यान्सर पीडितलाई अन्तर्राष्ट्रिय नेपाली समाज कतारको सहयोग
-
नेपालमा खेल पर्यटनलाई प्रवर्धन गरेर लैजानुपर्छ : प्रचण्ड
-
लोडसेडिङकै झल्को दिने गरी किन गइरहन्छ झ्याप्प–झ्याप्प बत्ती ?
-
व्यवसाय बन्द भएकै आधारमा ऋणी कालोसूचीमा नपर्ने, ‘वर्षौंपछि राष्ट्र बैंकद्वारा ऋणीमाथि न्याय’