मङ्गलबार, २५ मङ्सिर २०८१
ताजा लोकप्रिय

तीन महिनामा दुई लेन सडक तीन प्रतिशत कालोपत्रे

सोमबार, २६ कात्तिक २०८१, ११ : ४३
सोमबार, २६ कात्तिक २०८१

काठमाडौँ । सरकारले तीन महिनामा  २७ किलोमिटर दुई लेन सडक कालोपत्रे गरेको छ । देशैभर वार्षिक ८०० किलोमिटर कालोपत्र गर्ने लक्ष्य लिएकोमा साउनदेखि असोज मसान्तसम्ममा तीन प्रतिशत मात्रै दुई लेन सडक कालोपत्रे गरेको छ । 

यससँगै देशैभर कालोपत्रे भएको दुई लेन सडक १८ हजार ३९४ किलोमिटर पुगेको सडक विभागले जनाएको छ ।  सरकारले देशैभरमा कालोपत्रे दुई लेन सडक  १९ हजार १६७ किलोमिटर पुर्याउने लक्ष्य लिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप