सत्ताको संघर्षले निम्त्याएको एक ‘सेक्स टेप प्रकरण’
मालाबो । सारा विश्वले यसलाई ‘अर्को सेक्स टेप स्क्यान्डल’ का रूपमा हेरिरहेको छ । तर, वास्तवमा यो इक्वेटोरियल गिनीको नयाँ राष्ट्रपति बन्छ भन्ने वास्तविक ‘नाटक’ को एउटा अंश हुनसक्छ ।
पछिल्लो हप्ता एक शीर्ष सरकारी अधिकारीले आफ्नो कार्यालय र अन्य ठाउँमा विभिन्न महिलाहरूसँग यौनसम्बन्ध बनाइरहेका १ सय ५० देखि ४ सयवटासम्म भिडियो बाहिरिएका छन् । यो प्रकरण यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ जसले मध्य अफ्रिकाको सानो देशलाई स्तब्ध बनाएको छ ।
भिडियोमा देखिएका अधिकांश महिला सत्ताको केन्द्रमा रहेका मानिसहरूको पत्नी र आफन्त रहेका छन् । उनीहरू बाल्टासार इबाङ मिस्टर इन्गोंगासँग यौन क्रियाकलापमा संलग्न देखिएका छन् । यो सबै पुष्टि गर्न कठिन भइरहेको छ किनभने इक्वेटोरियल गिनीको समाज निकै सङ्कुचित रहेको छ भने त्यहाँ स्वतन्त्र प्रेसको अस्तित्व नै छैन ।
केहीले यो प्रकरणको केन्द्रमा रहेका व्यक्तिमाथि दाग लगाउन यी सेक्स टेप सार्वजनिक गरिएको हुनसक्ने अनुमान गरेका छन् । मिस्टर इन्गोंगा राष्ट्रपति टियोडोरो ओबियाङ एनगुएमाको भतिज हुन् । इन्गोगालाई उनको उत्तराधिकारीको रूपमा हेरिएको थियो ।
ओबियाङ विश्वकै सबैभन्दा लामो समय राष्ट्रपति पदमा कायम रहने व्यक्ति मध्ये एक हुन् । उनी सन् १९७९ देखि सत्तामा रहँदै आएका छन् ।
८२ वर्षीय राष्ट्रपतिको नेतृत्वमा देशले आर्थिक सुधार देखेको छ । तर, १७ लाख जनतामध्ये सानो समूह अति धनी समूहमा पर्दछ भने बाँकी अझै पनि गरिबीमा बाँच्न बाध्य छन् ।
यता इन्गोंगा नेसनल फाइनान्सियल इन्भेस्टिगेसन एजेन्सीका प्रमुख थिए । यसले सम्पत्ति शुद्धिकरणलगायतको विषयमा अनुसन्धान गर्ने जिम्मा पाएको थियो । तर, उनी आफै यसबारे अनुसन्धानको दायरामा रहेको खुलेको थियो ।
गत २५ अक्टोबरमा उनलाई पक्राउ गरिएको थियो । उनलाई निकै क्रूर मानिने ब्ल्याक बिच कारागारमा राखिएको थियो । जहाँ उनले आफूमाथि अत्याचार गरिएको आरोप लगाएका थिए ।
सुरक्षा निकायले उनको फोन र कम्प्युटरलाई जफत गरेको थियो । त्यसपछि उनको सेक्स टेपहरू एकपछि अर्को गर्दै रिलिज हुन थाले । सबैभन्दा पहिले यो टेलिग्रामको एक वयस्क च्यानलमार्फत सार्वजनिक भएको बुझिएको छ । त्यहाँबाटै सर्वसाधारणले फोन–फोनमा यो भिडियो पाएका थिए । जसलाई पछि ह्वाट्स एपबाट समूह बनाएर सेयर गर्न थालियो ।
मानिसले भिडियोमा रहेका इन्गोंगालाई सजिलै चिनिहाले । त्यसपछि भिडियोमा रहेका महिलाहरू पनि राष्ट्रपतिको पारिवारिक सदस्यहरू, मन्त्रीहरू तथा शीर्ष सुरक्षा अधिकारीहरूको पत्नी रहेको खुल्यो ।
इन्गोंगाको कम्प्युटर सुरक्षाकर्मीको साथमा रहेको हुँदा उनलाई बदनाम गर्न यो सेक्स टेप सार्वजनिक गरिएको हुनसक्ने एकथरीको बुझाई छ । यता प्रहरीले भिडियोमा देखिएका महिलाहरूलाई आएर इन्गोंगाविरुद्ध उजुरी दिन आह्वान गरेका छन् । एक जनाले उजुरी दिने बताइसकेकी छन् ।
इंन्गोगाले किन यी भिडियोहरू खिचे भन्ने अझै प्रस्ट हुन सकेको छैन । अहिले राष्ट्रपति हुने दौडमा रहेका उपराष्ट्रपति ओबियाङले आफ्नो प्रतिद्वन्द्वीलाई सिध्याउन यी टेपहरू सार्वजनिक गरेको हुनसक्ने जानकारहरु बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेकिङ विश्वविद्यालयमा प्रधानमन्त्री ओलीको प्रवचन
-
बलियो बायर्न म्युनिखलाई हराउँदै साविक विजेता बायर लेभरकुसेन क्वार्टरफाइनलमा
-
शौचालयमा लडेर युवकको मृत्यु
-
साइनबोर्डमै सीमित छन् बागमती सरकारका बोर्ड तथा परिषद्
-
रुपन्देहीमा शैक्षिक संस्थाहरूले नियम विपरीत रकम उठाएको नेविसंघको आरोप
-
अफ्रिकी देश नामिबियाले पायो पहिलो महिला राष्ट्रपति