विभिन्न स्थानमा ४ जना मृत फेला
सोमबार, २६ कात्तिक २०८१, १३ : ५०
काठमाडौँ । कपिलवस्तुसहित देशका विभिन्न स्थानमा ४ जना मृत अवस्थामा फेला परेका छन् ।
- कपिलवस्तु, बाणगंगा नगरपालिका-८ बोड्गाउँ चोकमा सोही नगरपालिका-८ लौगाइ बस्ने ३५ वर्षीय लक्ष्मण भण्डारी आइतबार मृत अवस्थामा फेला परेका छन् । धनकुटा, पाख्रीबास नगरपालिका-४ निरौला टोल बस्ने ६७ वर्षीय महेन्द्र निरौला छथरजोरपाटी गाउँपालिका-१ त्रिशुलेस्थित त्रिशुले देखि हात्तीखर्क जाने बाटोको भिरमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
- नुवाकोट, लिखु गाउँपालिका-३ कट्टीछाँप बस्ने ७१ वर्षीय हर्क बहादुर पुलामी मगर सोही ठाउँस्थित गणेश गौँडा भिरमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
- म्याग्दी, अन्नपूर्ण गाउँपालिका-५ घार खोलास्थित जलेश्वर शिवालय मन्दिर परिसरको शौचालय नजिकै सोही गाउँपालिका-५ पाउद्वार बस्ने ३६ वर्षीय लोक बहादुर तिलिजा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यनारायणको बार आज कसलाई कति फलदायी ? हेरौँ राशिफल
-
पहिलो ६ महिनामा गौर भन्सारद्वारा लक्ष्यको ८५ प्रतिशत राजस्व सङ्कलन
-
बुण्डेस लिगामा बायर्न म्युनिखलाई थप सफलता
-
ग्वार्डिवलाको म्यानचेस्टर सिटीले चेल्सीलाई हरायो
-
केवलकारको विषयलाई लिएर पाथीभरामा प्रहरी र आन्दोलनकारीबीच झडप, चार घाइते
-
ला लिगामा एटलेटिकोलाई फेरि धक्का