राष्ट्रिय गुरुकुल शिक्षा परिषद् पुनर्गठन
काठमाडौँ । राष्ट्रिय गुरुकुल शिक्षा परिषद् नेपालको अध्यक्षमा प्राध्यापक डा. श्रीराम अधिकारी निर्विरोध निर्वाचित भएका छन् । परिषद्को सोमबार वैदिक अनुसन्धान गुठी गौरीघाटमा बसेको बैठकले अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो ।
नवगठित कार्यसमितिमा सावित्री टण्डन, अर्जुन पाण्डेय, श्रीराम तिमल्सिना, फणीन्द्रप्रसाद पौडेल क्रमशः उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्ष छन् । यसैगरी परिषद्को सदस्यमा शान्ता भट्टराई, अग्नि उपाध्याय, देवराज उपाध्याय, तेजकुमार भट्टराई रहेका छन्।
पुनःगठित समितिलाई एक हजार आठ स्वामी डा केशवानन्द गिरी र एक हजार आठ स्वामी निश्शेषानन्दज्यूले रुद्राक्ष माला लगाएर सफल कार्यकालको शुभकामना दिएका थिए ।
परिषद्को स्थापना विसं २०६२ मा देवघाटमा सम्पन्न संस्कृत गुरुकुल विद्यालयका प्रतिनिधि र संस्कृतानुरागी अन्य महानुभावहरूबाट सुरु भएको परिषद् गठन गर्ने अवधारणामा आधारित भई पुनःगठित गरिएको हो ।
कार्यक्रममा स्वामी जगन्नाथाचार्य, संस्थापक अध्यक्ष प्रा डा गुरुप्रसाद सुवेदी र मेचीदेखि महाकालीसम्मका ३० भन्दाबढी गुरुकुलका प्रतिनिधिको विशेष सहभागितामा भेला आयोजना गरिएको हो ।
स्वामी केशवानन्द गिरिले गुरुकुललाई प्रविधिसँग जोडिन आग्रह गर्दै आफ्नो संस्थाले पनि प्रविधिसँग जोडिएर विभिन्न काम गरेको बताए । श्री एक हजार आठ स्वामी निश्शेषानन्दले शुभकामना मन्तव्य राख्दै गर्दा विद्यार्थी धेरैलाई संस्कृत पढाएको भन्दै तीमध्ये निकै कममात्र संस्कृतका क्षेत्रमा लागेको पाइएकाले सबैलाई दक्ष विद्यार्थी उत्पादन गर्न र संस्कृत क्षेत्रमा निःस्वार्थ काम गर्न प्रेरणा दिनुपर्नेमा उनले जोड दिए ।
परिषद्ले शिक्षा मन्त्रालयअन्तर्गत रही देशभर फैलिएका गुरुकुललाई सहयोग गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमले भित्र्यायो क्यानडाका बाजवा
-
टिप्परको ठक्करबाट साइकल यात्रीको मृत्यु
-
मुस्ताङको घरपझोङ गाउँपालिकासँग ललितपुर महानगरको भगिनी सम्बन्ध
-
सामाजिक सञ्जालको दुरूपयोग गरी चरित्रहत्या गरेको अभियोगमा तीन जना पक्राउ
-
लोकतन्त्रमा देखिने गरी काम भएको छ : महासचिव पोखरेल
-
विराटनगर घोषणापत्र जारी गर्दै बाल विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न