हरिबोधिनी एकादशीका अवसरमा चाँगुनारायणमा भक्तजनको भीड (तस्बिरहरू)
काठमाडौँ । हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज दामोदरसँग विवाह गराइ यो पर्व मनाइरहेका छन् ।
प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदै छ ।
आजका दिन काठमाडौँ उपत्यकाका चार नारायण, भक्तपुरको चाँगुनारायण, ललितपुरको विशङ्कुनारायण, काठमाडौँका शेषनारायण र इचङ्गुनारायण स्थानमा विशेष मेला लाग्दछ ।
आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँझिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ ।
आजका दिन काठमाडौँ उपत्यकाका चार नारायण, भक्तपुरको चाँगुनारायण, ललितपुरको विशङ्कुनारायण, काठमाडौँका शेषनारायण र इचङ्गुनारायण स्थानमा विशेष मेला लाग्दछ । चाँगुनारायणमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । हेर्नुहोस् केही तस्बिरहरू :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरामा पाँचौँ टाइगर कप हुँदै, पुरस्कार राशि बढ्यो
-
हिउँदे अधिवेशनबाट शिक्षा ऐन पारित गराउन कांग्रेस महामन्त्रीलाई ध्यानाकर्षण
-
सुगरका बिरामीका लागि विष हुन् यी पाँच चिज
-
कम्युनिस्ट भनेर मात्र पनि हुँदो रहनेछ : माधव नेपाल
-
‘विच्याट’मार्फत करोडौँ राजस्व ठगी : व्यापार नेपालमा, भुक्तानी चीनमा
-
विवाह बन्धनमा बाँधिँदै प्रभास, को होलिन् बेहुली ?