एकै दिनमा ५ जना फरार प्रतिवादी पक्राउ
मङ्गलबार, २७ कात्तिक २०८१, ०९ : ५५
रौतहट । रौतहटका विभिन्न स्थानबाट सोमवार एकै दिन ५ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला अदालतबाट दोषी ठहर भई दण्ड सजाय तोकिएर लामो समय देखि फरार रहेका ५ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपककुमार रायका अनुसार जुवा मुद्दामा दोषी ठहर भएका गरुडा नगरपालिका ६ पोठीयाहिका साह कानु, अभद्र व्यवहार मुद्दामा दोषी ठहर देवाही गोनाही नगरपालिका ७ का राकेश भन्ने रुपेश यादव, रमेश ठाकुर, विजय भन्ने सञ्जय यादव र विवेक यादवलाई जिल्लाको विभिन्न स्थान बाट पक्राउ गरिएको हो।
पक्राउ परेका ५ जनालाई फैसला कार्यान्वयन लागि जिल्ला प्रशासन कार्यालय तथा जिल्ला अदालत रौतहटमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रेस सेन्टर मोरङको अध्यक्षमा कर्ण सर्वसम्मत चयन
-
वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा हुने सिन्डिकेट हटाउन सांसदहरूको जोड
-
भन्सार जाँचपास सम्बन्धि प्रक्रिया सहज बनाउन सरकारलाई सुझाव
-
देशको नेतृत्वमा पुगेर केही गर्ने चाहना छ : विप्लव
-
सभापति कपमा संकटाको सहज जित
-
यस्तो छ फिल्म ‘जुना’को गीत ‘आमाको मुहार’