मौरिससको नयाँ प्रधानमन्त्रीमा रामगुलाम नियुक्त
पोर्ट लुइस । मौरिससको चुनावमा भारी बहुमत हासिल गर्दै विपक्षी नेता नवीन रामगुलाम नयाँ प्रधानमन्त्री बनेका छन् ।
मंगलबार राष्ट्रपति पृथ्वीराजसिंह रुपनले संविधानको धारा ५९ (१) बमोजिम रामगुलामलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।
उनको पार्टीले संसद्का ६२ मध्ये ६० सिट जितेको छ । ७७ वर्षीय रामगुलाम १० वर्षपछि सत्ताको बागडोरमा फर्किएका हुन् ।
उनी नेतृत्वको गठबन्धन डु चेन्ज (एडीसी)ले संसद्मा चामत्कारिक जित हासिल गर्दै सरकारमा आएको हो ।
त्यहाँको निर्वाचन आयोगका अनुसार एडीसीले आइतबार भएको मतदानमा ६२.६ प्रतिशत मत पाएको छ ।
चुनावी परिणामपछि तत्कालीन प्रधानमन्त्री प्रविन्द जगन्नाथले राजीनामाको घोषणा गरेका थिए ।
प्रधानमन्त्री नियुक्त भएलगत्तै रामगुलामले आफ्नो पहिलो काम देशको जासुसी प्रणालीलाई ध्वस्त पार्ने र सर्वसाधारणले सहजरुपमा आवतजावत गर्न सक्ने अवस्था सिर्जना गर्ने भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यूक्यासलविरुद्ध ब्रेन्टफोर्डको आक्रामक प्रदर्शन
-
शिविरले देखायो संसार : ११ वर्षपछि आँखा देख्न पाए दिदी-भाइले
-
ओल्ड ट्राफोर्डमा ३० वर्षपछि नटिङघमको पहिलो जित, म्यान्चेस्टर युनाइटेड स्तब्ध
-
फेरि हारबाट जोगियो म्यान्सिटी
-
इस्लामिक विद्रोहीहरु दमास्कस घुस्दै, आफु राजधानी छोडेर नभागेको राष्ट्रपति असदको प्रतिक्रिया
-
कञ्चनजङ्घा ‘सेसेलुङ’ गोल्डकपको उपाधि धरानलाई