सहकारी ठगी प्रकरण
दोस्रो दिनको बयानको लागि रविलाई जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देही लगियो
बुधबार, २८ कात्तिक २०८१, १० : १८

बुटवल । पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई दोस्रो दिनको बयानको लागि जिल्ला सरकारी वकिलको कार्यालयमा रुपन्देही उपस्थित गराइएको छ ।
जिल्ला प्रहरी कार्यालयबाट अहिले बयानको लागि सरकारी ल्याएको हो । बुटवलमा सुपिम सहकारी गठी प्रकरणको थप अनुसन्धान तथा बयानका लागि लामिछानेलाई कास्कीबाट हिजो रुपन्देही ल्याएको थियो ।
बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको १४ करोड २९ लाख रुपैयाँ गोरखा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको भन्दै लामिछानेविरुद्ध सङ्गठित ठगी गरेको आरोपमा अनुसन्धान भइरहेको छ । बयानमा भने उनले सहकारीबाट रकम नलगेको जिकिर गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेनिकट कर्मचारीको महाधिवेशन : रेमन्त र भवानीबिच प्रतिस्पर्धा हुने
-
यस्तो छ आजको तरकारी र फलफूलको मूल्य
-
समयले हटाए इन्डियाज गट लेटेन्टका सबै एपिसोड
-
सार्वजनिक वाईफाई प्रयोग गर्नु कति सुरक्षित ?
-
जनयुद्ध न्यायका लागि लडिएको मुक्तियुद्ध थियो : सहयात्री
-
नागरिकता सम्बन्धी ट्रम्पको निर्णयपछि सकसमा छन् भारतीय