मेयरले बनाएको समिति सदस्य कांग्रेसका वडाध्यक्षले स्वीकारेनन्
पोखरा । पोखरामा कर्मचारी समस्या समाधानका लागि मेयर धनराज आचार्यले गठन गरेको समिति काङ्ग्रेस वडाध्यक्षले अस्वीकार गरेका छन् । १३ नम्बर वडाध्यक्ष किरण बरालले फेसबुकमा स्टाटस लेखेर समितिमा आफू नरहेको जानकारी गराएका हुन् ।
उनले समिति गठनमै असन्तुष्टि जनाएका छन् । ‘यो खास के हो ? लोकसेवाले स्थायी कर्मचारी पठाएको छ । कार्यपालिकाले करारका २८ कर्मचारी मङ्सिरदेखि हटाउने निर्णय गरेको छ । अनि यो समिति के को लागि ?’ उनले भने, ‘हामीले जनतालाई जवाफ दिनु पर्दैन ? समिति गठन पनि सल्लाहले नै गरेको भए हुने । दलहरूको सम्बन्ध बिगारेर पर्दा पछाडिबाट राजनीतिक लाभ लिने जुन चेष्टा भएको छ, यसको घोर भर्त्सना गर्दछु । फुटाऊ र राज गर भन्ने मानसिकता अब कामयाबी हुने छैन । म यो समितिमा नरहेको जानकारी गराउँदछु ।’
बरालले ३७ औँ कार्यपालिका बैठकको निर्णय हुबहु कार्यान्वयन हुनुपर्ने बताएका छन् । ‘करार कर्मचारी हटाउने कार्यपालिका बैठकको निर्णय कार्यान्वयनको माग गर्दछु,’ उनले भने ।
बैठकले मङ्सिर १ देखि २८ कर्मचारी हटाउने निर्णय गरेको थियो । हटाउने समय नजिकिँदै गर्दा समाधानका लागि भन्दै समिति गठन गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरेलु मैदानमा लेस्टर सिटीले जोगायो इज्जत
-
बढ्यो जाडो, कस्तो रहला मौसम ?
-
शेयर बजारमा लगानी गर्दा 'मालामाल' हुने राशि कुन् हुन् ? हेरौँ आजको राशिफल
-
दक्षिण कोरियामा व्यापक प्रदर्शन, आफ्ना नागरिकलाई अमेरिकाको हाइअलर्ट
-
रेलिगेशनबाट माथि उत्रियो क्रिष्टल प्यालेस
-
बार्सिलोना थप आक्रामक, मलोर्काको पोष्टमा ५ गोल