बिहीबार, २७ मङ्सिर २०८१
ताजा लोकप्रिय

पूर्व प्रधानमन्त्री खनाल र कोरियाली राजदूतबिच भेटवार्ता

बिहीबार, २९ कात्तिक २०८१, ११ : १९
बिहीबार, २९ कात्तिक २०८१

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताइयोङले भेटवार्ता गरेका छन् । खनाल निवास डल्लुमा खनाल र राजदूत पार्कबिच शिष्टाचार भेटवार्ता भएको हो ।

भेटका क्रममा पूर्व प्रधानमन्त्री खनालले नेपाल र कोरियाबिच कूटनीतिक सम्बन्ध स्थापना भएको पचासौँ वार्षिकोत्सवको अवसरमा शुभकामना व्यक्त गर्दै नेपाल र कोरियाबिचको सम्बन्धमा अझै विकास हुने विश्वास व्यक्त गरे । 

राजदूत ताइयोङले पनि नेपालको आर्थिक विकासमा कोरियाको सधैँ सकारात्मक सहयोग रहेको र विशेषगरी हरित आर्थिक गतिविधिमा कोरियन सरकार नेपाललाई सहयोग गर्न इच्छुक रहेको बताए ।  भेटमा दुई देशबिचको आपसी हित एवं चासोको विषयमा कुराकानी भएको खनालका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप