कांग्रेसद्वारा जिल्ला समन्वय समितिको उम्मेदवार घोषणा
कैलाली । नेपाली कांग्रेसले जिल्ला समन्वय समिति कैलालीको प्रमुखका लागि पार्टीबाट टीका चौधरी भुललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
पार्टीको जिल्ला कार्यसमितिको बैठकले उम्मेदवारीका लागि जिल्ला समन्वय समितिका प्रमुखको उम्मेदवारका लागि भुलको नाम सर्वसम्मतले सिफारिस गरेको हो ।
प्रमुख पदको उम्मेदवारका लागि सिफारिस भएका भुल कैलारी गाउँपालिका वडा नं २ को दलित महिला सदस्यको वडा सदस्यमा निर्वाचित भएको नेपाली कांग्रेसका जिल्ला सचिव नृपबहादुर सुनारले बताए ।
जिल्ला समन्वय समिति कैलालीका तत्कालीन समन्वय प्रमुख पदम कलेलको २०७९ पुस २३ गते निधन भएपछि प्रमुखको पद रिक्त रहेको छ । समितिको अध्यक्षका लागि आगामी मङ्सिर १६ गते उपनिर्वाचन हुने तय भएको छ ।
सो निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीका जनप्रतिनिधिले मतदान गर्न पाउने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि छामिछानेको तेस्रो दिनको बहस सुरु
-
हवाई टिकट घट्दा ईपीएसमार्फत कोरिया जाने प्रति श्रमिकको ७३ हजार जोगियो
-
अमेरिकाले ग्रिनल्याण्ड कब्जा गर्नेमा ढुक्क छन् ट्रम्प
-
सडक सुरक्षा, जीवनको रक्षा : साप्ताहिक ट्राफिक सचेतना कार्यक्रम सुरु (तस्बिरहरू)
-
९ वर्षपछि बन्दैछ कपिल शर्माको फिल्मको सिक्वेल
-
मेक्सिकोको सिमानामा धमाधम किन बनाइदैछ टेन्ट सिटी ?