नेपालमा वैधानिक माध्यमबाट रुपैयाँ पठाउन दूतावासको आग्रह
काठमाडौँ । इजरायलस्थित नेपाली राजदूतावासले नेपालमा वैधानिक माध्यमबाट रुपैयाँ पठाउन आग्रह गरेको छ । आइतबार एक सूचना जारी गर्दै राजदूतावासले इजरायलस्थित विभिन्न सहरहरूमा रोजगार गरिरहेका नेपालीलाई वैधानिक माध्यमबाट नेपाल रुपैयाँ पठाउन आग्रह गरेको हो ।
राजदूतावासले भनेको छ, ‘इजरायलमा विभिन्न रोजगार गरी बस्नु भएका नेपाली समुदायहरूलाई आफ्नो परिश्रमको कमाई उचित वैधानिक माध्यमबाट आफ्नो देश पठाई विभिन्न खाले जोखिमहरूबाट टाढा रहन र हुण्डी कारोबारहरूबाट सिर्जित व्यक्तिगत लेनदेनका विषयहरूमा दूतावासमा नियमित जस्तो गुनासाहरू आइरहेको हुँदा कुनै पनि बिचौलियाहरूको मिठो बोली र क्षणिक विश्वासमा नपर्न हुन सबै प्रवासी नेपालीहरूमा यस राजदूतावास विशेष अनुरोध गर्दछ ।’
यस्तै राजदूतावास वैधानिक माध्यमहरू हुँदाहुँदै केहीले अवैधानिक माध्यमहरूबाट नेपाल रुपैयाँ पठाउने गरेको भन्दै चिन्तित व्यक्त गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कैलालीमा माघीको रौनक
-
१२ बजे, १२ समाचार : २५ जना प्रहरीको एसएसपी बढुवाका लागि सिफारिसदेखि रविको फेरि हिरासतकै बाससम्म
-
किशोर अपहरणमा संलग्न अभियोगमा एक भारतीयसहित तीन पक्राउ
-
श्रीमतीको हत्या अभियोगमा श्रीमान् पक्राउ
-
प्रहरीका २५ जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस
-
बुटवलमा खाना महोत्सव तथा माघी मेला सुरु