पुराना कलाकारको पुनरागमन, जोगिएला विरासत ?
नेपालमा निर्माण भएको पहिलो फिल्म आमा (प्रदर्शन मिति ः २०२१ असोज)लाई मान्ने हो भने नेपाली फिल्म उद्योगले ६ दशक पार गरेको मान्नुपर्छ । यद्यपि आमाभन्दा अगाडि सत्य हरिश्चन्द्र बनेको थियो ।
व्यावसायिक फिल्मको सूत्रधार भने ‘माइतीघर’लाई लिइन्छ, जसको निर्माण २०२३ मा भएको हो । ‘ब्ल्याक एन्ड ह्वाइट’बाट सुरु भएको नेपाली चलचित्र २०३४ मा निर्माण भएको ‘कुमारी’बाट रंगीन युगमा प्रवेश गर्यो । त्यसपछि नेपाली चलचित्रले विभिन्न उतारचढाव पार गर्दै आजसम्म आइपुगेको छ । यो अवधिमा नेपाली चलचित्र उद्योगले थुप्रै आरोह–अवरोह खेप्दै धेरै कलाकार जन्मायो । नेपाली चलचित्र क्षेत्रमा एकपछि अर्को कलाकार आउने र जाने क्रम निरन्तर रह्यो ।
२०३६ सालपछि नेपालमा राम्रा चलचित्र निर्माण भए । २०४६ सालको राजनीतिक परिवर्तनपछि चलचित्र निर्माणको क्रम बढ्न थाल्यो र चलचित्रको बजार बिस्तार भयो ।
चलचित्र निर्माणका लागि आधुनिक उपकरण समेत भित्रिन थाले । नेपाली चलचित्रमा थुप्रै कलाकार भित्रिए र सफल समेत भए ।
२०५२ सालदेखि सुरु भएको जनयुद्धका कारण नेपाली चलचित्रको निर्माण र प्रदर्शनमा समेत असर पुग्यो । यो बिचमा कति चलचित्रकर्मीले अन्य पेसा रोजे, कतिले देशै समेत छाडे ।
त्यसपछि नेपाली चलचित्र उद्योगले कलाकारको केही हदसम्म अभावको महसुस गर्यो । चलेका कलाकार समेत बिदेसिन बाध्य भए । नयाँ अनुहारको प्रवेश कम भयो । चलचित्र क्षेत्र निकै प्रभावित भयो ।
सुस्ताएको नेपाली चलचित्र क्षेत्र २०६२/२०६३ को जन–आन्दोलन र शान्ति स्थापनापछि पुनः जुर्मुराउन थाल्यो र चलचित्र निर्माणको क्रम बढ्न थाल्यो । नयाँ कलाकार र हल थपिन थाले । यो बिचमा राम्रा र प्रतिभाशाली कलाकार पनि उदाएका छन् ।
नायक रमित ढुंगाना पनि नेपाली चलचित्र क्षेत्रमा चलचित्र ‘नमेटिने घाउ’मार्फत फर्किए, जसमा उनको अभिनसँगै निर्माण र निर्देशन समेत रहेको छ । अभिनेत्री सञ्चिता लुइटेल पर्दामा फर्किएको केही समय भयो ।
चलचित्र क्षेत्रले राम्रो गति पकडेपछि, अर्थात् खासगरी गणतन्त्रपछि पुराना कलाकार पुनः नेपाली चलचित्रमा फर्कन वा पुनः सक्रिय हुन थालेका छन् ।
कुनै समयमा नेपाली चलचित्र क्षेत्रमा एकलौटी विरासत कायम गरेका कलाकार राजेश हमाल, भुवन केसी, सरोज खनाल, निखिल उप्रेती, विराज भट्ट, रमित ढुंगाना, विपना थापा, राज वल्लभ कोइराला, दिलीप रायमाझी, रेजिना उप्रेती, ऋचा घिमिरे, निरुता सिंह, उत्तम प्रधान, रमेश उप्रेतीजस्ता कलाकार कतिले पुनरागमन केही पहिले गरिसकेका छन् भने कतिले भर्खर गर्दै छन् । उनीहरूको पुनरागमनले नेपाली चलचित्रप्रेमी दर्शकलाई उत्साहित बनाएको पनि देखिन्छ ।
महानायक राजेश हमाल सात वर्षपछि फिल्ममा कमब्याक गर्न लागेका छन् । दिवाकर भट्टराईको निर्देशनमा रहने फिल्म ‘नरसिंह अवतार’मार्फत उनले नेपाली चलचित्रमा कमब्याक गर्दै छन् । महानायक राजेश पछिल्लोपटक फिल्म ‘शकुन्तला’मा देखिएका थिए ।
यस्तै नायक भुवन केसी चलचित्र ‘जेरी अनटप’मार्फत पुनः चलचित्रमा देखिँदै छन् । चलचित्र विकास बोर्डको अध्यक्ष पदको दुई वर्षीय कार्यकाल पूरा गरिसकेपछि उनी अभिनयमा फर्कन लागेका हुन् ।
यस्तै, हालै (कात्तिक ३० गतेबाट) प्रदर्शनमा आएको फिल्म ‘ह्रस्व दीर्घ’मार्फत अभिनेत्री विपना थापा १६ वर्षपछि अभिनयमा देखिएकी छन् ।
अभिनेता विराज भट्टले केही अगाडि ‘साङ्लो’बाट कमब्याक गरेका थिए । उनको नयाँ चलचित्र ‘१२ गाउँ’ प्रदर्शनरत छ । अभिनेता निखिल उप्रेतीले ‘भैरव’मार्फत कमब्याक गरेका थिए । अहिले नयाँ चलचित्रको तयारी गरिरहेका छन् ।
नायक रमित ढुंगाना पनि नेपाली चलचित्र क्षेत्रमा चलचित्र ‘नमेटिने घाउ’मार्फत फर्किए, जसमा उनको अभिनसँगै निर्माण र निर्देशन समेत रहेको छ । अभिनेत्री सञ्चिता लुइटेल पर्दामा फर्किएको केही समय भयो ।
दशकअघि ‘पर्खी बसेँ’बाट हिट भएका अभिनेता राजवल्लभ कोइराला फिल्म ‘एक्टर’बाट फर्किएका छन् । एक्टर आगामी माघ १६ गते प्रदर्शन हुँदै छ । अभिनेत्री रेजिना उप्रेतीले नौ वर्षपछि चलचित्र ‘मोदीबेनी’बाट कमब्याक गरिन् भने अभिनेत्री ऋचा घिमिरेले ‘तेलभिसा’मार्फत । तेलभिसा मंसिर ७ गतेदेखि प्रदर्शनमा आउँदै छ । यस चलचित्रको एक गीतमा कुनै समय चलेका कलाकार सुुशील क्षेत्री, अरुणिमा लम्साल, उषा उप्रेती, उत्तम प्रधान, निरुता सिंह लगायत देखिएका छन् ।
- फर्किएला विरासत ?
यतिबेला नेपाली चलचित्रमा दुई धारका कलाकारको हालिमुहाली छ— रंगमञ्च पृष्ठभूमिबाट आएका र रंगमञ्च पृष्ठभूमिभन्दा बाहिरबाट आएका । अनमोल केसी, प्रदीप खड्का, पल शाहजस्ता थुप्रै कलाकार रंगमञ्च पृष्ठभूमिका होइननन् । दयाहाङ राई, सौगात मल्ल, विपीन कार्की, खगेन्द्र लामिछाने, विजय बरालजस्ता थुप्रै कलाकार रंगमञ्च पृष्ठभूमिका छन् ।
कमर्सियल, सामाजिकदेखि मौलिक कथाका फिल्ममा समेत यी कलाकारकै जगजग छ । भर्खरै मात्र अर्का नायक समिर भट्ट फिल्म ‘१२ गाउँ’मार्फत उदाएका छन् । सिने क्षेत्रमा उनको बलियो उपस्थिति देखिएको छ । यसअघि सहायक भूमिका गर्दै आएका विजय बरालले पनि ‘पूर्णबहादुरको सारंगी’मार्फत हिरोका रूपमा दमदार इन्ट्री मारेका छन् ।
चलचित्र क्षेत्रमा एकातर्फ पछिल्लो समयका कलाकारको दबदबा छ भने अर्कोतर्फ राजेश हमाल, सुशील क्षेत्री, निखिल उप्रेती, विराज भट्ट राजवल्लभ कोइराला लगायत थुप्रै कलाकार पुनरागम गरिरहेका छन् ।
केही पुराना कलाकारको पुनरागमन सुखद साबित भइसकेको छ भने केहीको हेर्न बाँकी छ । अहिलेका चल्तीका कलाकारका अगाडि पुराना कलाकारलाई पहिले जसरी जमेर काम गर्न र पुरानो विरासत कायम राख्न सहज भने छैन ।
कलाकार पुराना वा नयाँ जे भए पनि कन्टेन्ट बलियो भए फिल्म चल्ने समय आएको छ । कन्टेन्टले दर्शक तान्छ भन्ने पछिल्लो उदाहरण पूर्णबहादुरको सारंगी बनेको छ ।
(लेखक चलचित्र पत्रकार संघ नेपालका केन्द्रीय कार्यसमिति सदस्य हुन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : बीआरआई फ्रेमवर्कमा हस्ताक्षरदेखि कांग्रेसमा गुटगत झगडासम्म
-
हमास र फतह युद्धपछिको गाजाको निरीक्षण कसले गर्ने भन्नेबारे सम्झौता नजिक
-
कीर्तिपुरको परिणामले कांग्रेस सुदृढ हुँदैछ भन्ने सन्देश दिएको छ : सिंह
-
मंसिर २२ देखि लेखनाथमा आदर्श कप फुटबल हुने
-
विवाहपञ्चमी महामहोत्सवको चौथो दिन तिलकोत्सव विधि सम्पन्न
-
एमाले सांसद चौधरीले हैकम जमाएको भन्दै २१३ जनाद्वारा पार्टी परित्याग