नेप्से ५१ अंकले घट्यो, परिसूचक २७०२ बिन्दुमा
मङ्गलबार, ०४ मङ्सिर २०८१, १५ : १५
काठमाडौँ । मंगलबार सेयर बजार परिसूचक (नेप्से) मा भारी अंकको गिरावट देखिएको छ । समग्रमा बजार ५१ अंकले घट्दा नेप्से परिसूचक २७०२ बिन्दुमा ओर्लिएको छ । मंगलबार सुरुवातदेखि बजार निरन्तर ओरालो लाग्यो ।
परिसूचकमा भारी अंकको गिरावट देखिए पनि कारोबार रकम भने सो मात्रामा घटेको छैन । मंगलबार कुल २ करोड २५ लाख ८८ हजार कित्ता सेयर खरिदबिक्री हुँदा १० अर्ब ४६ करोड ८३ लाख रुपैयाँको किनबेच भएको छ ।
मंगलबार पनि आत्मनिर्भर लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो । यसको सेयर मूल्य १० प्रतिशत बढ्दै मंगलबार प्रतिकित्ता ५२२६ रुपैयाँ पुगेको छ ।
मंगलबार २० कम्पनीको मात्रै मूल्य बढेको छ । २२४ कम्पनीको मूल्य घट्दा एउटा कम्पनीको मूल्य भने स्थिर रह्यो । मंगलबार नेप्सेका सबै उपसमूहको सूचकमा गिरावट आयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कैलालीमा माघीको रौनक
-
१२ बजे, १२ समाचार : २५ जना प्रहरीको एसएसपी बढुवाका लागि सिफारिसदेखि रविको फेरि हिरासतकै बाससम्म
-
किशोर अपहरणमा संलग्न अभियोगमा एक भारतीयसहित तीन पक्राउ
-
श्रीमतीको हत्या अभियोगमा श्रीमान् पक्राउ
-
प्रहरीका २५ जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस
-
बुटवलमा खाना महोत्सव तथा माघी मेला सुरु