सहसचिवहरूको तलब बढाउने फैसला पुनरावलोकन हुने
बिहीबार, ०६ मङ्सिर २०८१, १९ : ५०

काठमाडौँ । मर्यादाक्रम र जेष्ठताक्रम व्यवस्थापनका क्रममा सहसचिवहरूको तलब बढाउन सर्वोच्च अदालतले दिएको आदेश पुनरावलोकन हुने भएको छ ।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीशहरू डा. कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासले पुनरावलोकनको अनुमति प्रदान गरेको हो ।